सेभ्रोलेका गाडीधनीलाई सुबारुको अफर: ७ लाखसम्म नगद छुट

काठमाडौं । सेभ्रोलेका गाडी चढ्दै आएका ग्राहकलाई मध्यनजर गर्दै सुबारुको आधिकारीक वितरक बिजय मोटर्सले सुब्रुका चर्चित एसयूभीसँग पुराना सेभ्रोलेका गाडी एक्स्चेन्ज गर्ने अफर ल्याउको छ ।

यसअघि बिजय मोटर्सले नै सेभ्रोलेका गाडी बिक्री गर्दै आएको भएपनि बीचमा नेपाली बजारबाट सेभ्रोले बाहिरिएको कारण अहिले आधिकारीक रुपमा सेभ्रोलेका गाडी नेपालमा बिक्री वितरण भइरहेको छैन ।

‘हामीले पहिले बेचेका गाडी ग्राहकले एक्स्चेन्ज गर्न चाहदा त्यो अप्सन दिनु पर्छ भनेर सुबारुसँगको एक्स्चेन्ज अफर ल्याएका हौ’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।

ग्राहकले आफुले चढिरहेको कुनै पनि मोडलका सेभ्रोलेका गाडी ल्याएर सुबारुका गाडी एक्स्चेन्ज गर्न सक्ने छन् ।

पुराना गाडीको मोडल, कन्डिसन र अवस्था अनुसार मूल्याङ्कन गरिने बताइएको छ भने नयाँ गाडीमा विशेष छुटको व्यवस्था गरिएको छ ।
अहिले एक्स्चेन्ज गर्नेले सुबारुका गाडीमा ६ देखि ७ लाखसम्म छुट पाउने कम्पनीले जनाएको छ ।


Back_to_top