सावरीसाधनमा लाग्ने कर तिर्न नजान सरकारको आग्रह, पछि तिर्दा जरिवाना नलाग्ने

काठमाडौं । सरकारले सरकारी कार्यालयमा भिडभाड कम गर्न भन्दै कर तिर्न जाने मानिसलाई अहिले लाइन नलाग्न भनेको छ । यदि तपाईको कार, बस, मोटरसाइकल तथा अन्य सवारीसाधनको वार्षिक कर तिर्न जाने सोच्दै हुनुहुन्छ भने हतार गर्नु नपर्ने भएको छ । यी काममा लाग्ने सम्पूर्ण जरिवाना सरकारले मिनाह गर्ने भएको हो ।

यसका साथै मालपोत, विद्युत, लगायतमा लाग्ने जरिवानावापतको शुल्क समेत मिनाह गर्ने भएको छ । सरकारले कोरोना रोकथाम तयारीबारे गरेका पछिल्ला निर्णय लागू गर्ने क्रममा बिहीबार यस्तो निर्णय गरेको हो ।

गृह मन्त्रालयमा बसेको बैठकले विलम्ब शुल्क लाग्ने अवस्था भएमा सरकारले मिनाह गर्ने व्यवस्था मिलाउने आग्रह गर्दै भीडभाडमा नजान सर्वसाधारणलाई आग्रह गरेको हो ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले उक्त निर्णय भएको जानकारी दिएका हुन् ।


Back_to_top