सुुजुकीले आफ्नो १५५ सीसी क्षमताको क्रुजर मोटरसाइकल इन्ट्रुडर नयाँ इन्जिनमा ल्याएको छ । भारतीय बजारमा बिक्री सुरु भएको नयाँ इन्जिनयुक्त इन्ट्रुडरको मूल्य पनि १३ हजार भारतीय रुपैयाँ बढेको छ । कम्पनीले दिल्लीमा एक्स शोरुम मूल्य १ लाख २० हजार भारु कायम गरेको छ । यसअघिको बीएस ४ मोडलको मूल्य १ लाख ७ हजार रुपेयाँ रहेको थियो ।
कम्पनीले भारतमा लागु भएको बीएस ६ मापदण्डको इन्जिन रहेको यो मोटरसाइकलमा एफआई इन्जिन प्रयोग भएको छ । तर, कम्पनीले यसलाई बीएस ६ मा रुपान्तरण गर्दा करिब १ बीएच पावर घटेको छ ।
यसमा प्रयोग भएको नयाँ इन्जिनले १३.६ बीएच पावर र १३.८ एनएम टर्क प्रदान गर्छ । यसअघि बिक्री हुँदै आएको बीएस फोर मोडलले १४.६ बीएच पावर र १४ एनएम टर्क प्रदान गथ्र्याे । कम्पनीले ल्याएको नयाँ मोटरसाइकल ३ केजी तौलसमेत बढेको छ ।
सुजुकी इन्ट्रुडर नेपाली बजारमा पनि बिक्री वितरण भइरहेको छ । बीएस ४ मापदण्डको इन्जिनयुक्त इन्ट्रुडरको मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ रहेको छ । यदि नयाँ इन्जिनयुक्त इन्ट्रुडर नेपाल आउने हो भने यसको मूल्य करिब ४० हजार रुपैयाँ भन्दा बढी मूल्य बढ्ने छ ।


