काठमाडौं । जापनीज अटो कम्पनी निसानले आफ्नो चर्चित एसयूभी किक्स अब हाइब्रिड इन्जिनमा ल्याउने भएको छ । कम्पनीले यसलाई बैंकक इन्टरनेशनल मोटर शोबाट बजारमा ल्याउने तयारी गरेको थियो ।
विश्वमा कोरोनाको कारण आयोजना हुने सबै अटो शो रोकिएको समयमा बैंकक इन्टरनेशनल मोटर शो पनि स्थगित भइसकेको छ । यद्यपी कम्पनीले अनलाईन माध्यमबाट किक्सको टिजर सार्वजनिक गरेको छ । जसलाई कम्पनीले इ-पावर ट्याग प्रदान गरेर ल्याएको हो । निसानले विकास गरेको इ-पावर प्रविधि कन्भेन्सनल हाइब्रिडभन्दा आधुनिक रहेको कम्पनीले जनाएको छ ।
यसलाई सुरुवाति दिनमा जापानी बजारबाट बिक्री गर्ने जनाएको कम्पनीले यसमा रहेको इ-पावरमा रेगुलर हाइब्रिडमा जस्तो दुबै इन्टरनल कम्बस्चन इन्जिन र इलेक्ट्रिक मोटर्सले चक्का घुमाउँदैन । यसमा रहेको इ-पावरले मोटरलाई चाहिने पावर उत्पादन गर्ने र व्याट्री प्याकलाई चार्ज गर्ने गर्छ ।
निसानको इ-पावर शुद्ध इलेक्ट्रिक फम्र्याटमा काम गर्छ किनकी यसमा सधै इलेक्ट्रिक मोटरले पावर प्रदान गर्ने गर्छ ।
निसान किक्सको चाँडै नै फेसलिफ्ट आउने चर्चा चलिरहेको छ । भारतमा बीएस ६ अनिर्वाय हुने भएकाले किक्सको फेसलिफ्ट चाँडै आउने अनुमान गरिएको छ । तर यसमा इ-पावर टेक्नोलोजी प्रदान गरे नगरेको विषयमा अहिलेसम्म कुनै जानकारी दिइएको छैन ।


