काठमाडौं । स्कोडाले नयाँ सब फोर मिटर एसयूभीको भारतमा ट्रेडमार्क दर्ता गरेको छ । कम्पनीले उक्त एसयूभीको नाम ‘केएलआईक्यू’ राखेर दर्ता गरेको हो ।
स्कोडाले केही समयअघि सार्वजनिक गरेको ‘भिजन इन’मा रहेर यो सानो एसयूभी बजारमा ल्याउने छ । कम्पनीले यसको कन्सेप्ट यसअघि भएको अटो एक्स्पो २०२० मा सार्वजनिक गरिसकेको थियो ।
स्कोडाले ल्याउने सब फोर मिटर एसयूभी उच्च ग्राउन्ड क्लियरेन्स, हाई सिट, वाइड बोनेर्ट, ठूलो रेडियटर ग्रिल, स्प्लीट हेडलाईट, मस्कुलर बम्पर जस्ता फिचरको कारण सेग्मेन्टकै उत्कृष्ट एसयूभी हुने अनुमान गरिएको छ ।
कम्पनीले यसलाई ‘एमक्यूबी ए सून्य प्ल्याटफर्म’मा निर्माण गर्ने छ । यो स्कोडाले कम मूल्यका एसयूभी उत्पादन गर्न भारतमा बनाएको प्ल्याटफर्म हो ।
अहिलेसम्मको अनुमान अनुसार कम्पनीले यसमा १.० लिटर टर्बो इन्जिन र १.५ लिटर टिएसआई इभो टर्बो चार्ज्ड पेट्रोल इन्जिन दिने छ । १.० लिटर इन्जिनले अधिकतम ११० पीएस पावर १७५ एनएम टर्क जेनेरेट गर्छ भने १.५ लिटर इन्जिनले १५० पीएस पावर र २५० एनएम टर्क प्रदान गर्ने छ । यी दुबै इन्जिनमा ६ स्पीड म्यानुयल र ७ स्पीड डिजिएस डियूल क्लच अटोमेटिक गियरबक्स दिने अनुमान गरिएको छ ।
कम्पनीले यसलाई सन् २०२१ को चाडपर्वको समयमा बजारमा उतार्ने अनुमान गरिएको छ ।


