यामाहाले दर्ता गर्‍यो इलेक्ट्रीक कारको ट्रेडमार्क

काठमाडौं । यामाहाले आफ्नो इलेक्ट्रीक स्पोर्टस् कारको ट्रेडमार्क ‘यूरोपियन यूनियन इन्टेलेक्च्यूल प्रोपटी अफिस’मा दर्ता गराएको छ । कम्पनीले यसको ट्रेडमार्क दर्ता गरेको भएपनि तत्काल यसको उत्पादन भने हुने छैन ।

आजैका मितिदेखि यसको उत्पादनमा काम सुरु भएको खण्डमा पनि यो कार बजारमा आउन ३ वर्ष लाग्ने अनुमान गर्न सकिन्छ ।

यसको ट्रेडमार्क दर्ता गरिएको तस्बिरमा एग्जस्ट नभएकोले यो इलेक्ट्रीक कारनै हुने अनुमान गरिएको हाे । कुपे डिजाइनमा तयार भएको यसको ट्रेडमार्क तस्विर निकै स्टाइलिस देखिएको छ ।

डिजाइनर गोर्डन मुरेले डिजाइन गरेको यो कारको डिजाइन यामाहाले २०१५ मा ल्याएको कन्सेप्ट कार ‘स्पोर्टस् राइड’बाट प्रेरित रहेको छ ।

विश्वमा मोटरसाइकल तथा स्कुटर उत्पादनमा आफुलाई अग्रणी कम्पनीको रुपमा स्थापित गरेको यामाहाले ल्याउने इलेक्ट्रीक कारले कस्तो बजार पाउँछ । भन्ने विषयमा धेरै अटो पण्डितहरुको चासो हुनु स्वभाविक हो ।

यसमा कस्तो मोटर, व्याट्री, पावर रहने छ भन्ने विषयमा केही खुलाईएको छैन ।


Back_to_top