काठमाडौं । होन्डाले नेपालमा बिक्री गर्ने ‘सिबीआर ६०० आरआर’ निकै पावरफुल मोटरसाइकलको रुपमा परिचित रहेको छ । कम्पनीले यसमा ५९९ सीसी क्षमताको रेस रेडी लिक्विडकुल्ड डिएचओसी १६ भल्भ इनलाइन, फोर सिलिण्डर, पिजिएम ड्यूल स्टेज फियूल इन्जेक्सन सिस्टम भएको इन्जिन दिइएको छ ।
उक्त इन्जिनले १३,५०० आरपीएममा अधिकतम ११८ बीएच पावर र ११,२५० आरपीएममा ६६ एनएम टर्क प्रदान गर्छ । यसमा १८ लिटर क्षमताको इन्धन ट्याङ्की दिइएको छ । यसमा ६ स्पीड गियरबक्स दिइएको छ ।
होन्डाले थाइल्याण्डमा उत्पादन गरेको यो मोडल नेपालमा ३१ लाख ५० हजार मूल्य निर्धारण गरेर बिक्री हुँदै आएको छ । होन्डाको आधिकारीक विक्रेता स्याकार ट्रेडिङले बिक्री गर्दै आएको होन्डाको महंगो मध्यको एक मोडल हो ।
यसको लम्बाई २०३० एमएम, चौडाई ६८५ एमएम र उचाई १११५ एमएम रहेको छ भने ह्वीलवेस १३७५ एमएम रहेको छ । सिबीआर ६०० आरआरमा ग्राउन्ड क्लियरेन्स १३५ एमएम रहेको छ ।
रेडियल टायरमा आउने यो मोटरसाइकलमा अगाडि डियूल डिस्क फोर पिस्टन हाइड्रोलिक क्यालिपर, ३१० एमएमको ब्रेक दिइएको छ । पछाडिको चक्कामा २२० एमएमको सिंगल डिस्क ब्रेक रहेको छ । साथै, यी मोटरसाइकलमा कम्बाइन्ड एबीएस दिइएको छ ।


