लकडाउनमा कसरी गर्ने खानपान, प्रेरणा शाहले महिन्द्राको फेसबुक पेजमार्फत लाइभ जानकारी दिने

काठमाडौँ । अग्नि ग्रुपले भोलि शुक्रबारदेखि ३ दिनसम्म हरेक साँझ अनलाइन फिटनेस कार्यक्रम सञ्चालन गर्ने भएको छ । उक्त लाइभ कार्यक्रम फेसबुक पेज मार्फत् गरिने भएको हो ।

लकडाउनमा रहेका मानिसहरुलाई खाद्य पोषण तथा मानसिक विज्ञ प्रेरणा शाहबाट अन्र्तकृया मार्फत जानकारी दिने भएको छ ।

कार्यक्रम भोलि १९ गते शुक्रबार देखि २१ गते आइतबारसम्म हरेक दिन दिउँसो ४ बजेदेखि ५ बजेसम्म सञ्चालन हुनेछ ।

प्रत्यक्ष संवाद कार्यक्रमले मानिसहरूलाई आफ्नो वर्तमान जीवनशैली, योगासन, प्राणायाम एवं मानसिक तथा शारीरिक स्वास्थ्यसहित जीवनका सबै क्षेत्रका आफूले खोजेको जवाफ हासिल गर्न मद्दत पुग्नेछ । यो कार्यक्रमको सञ्चालन पूर्वमिस नेपाल श्रृङ्खला खतिवडाले गर्नेछिन् ।

अग्नी ग्रपले लकडाउनका समयमा फ्रन्टलाइनमा बसेर काम गर्ने सबै जनशक्तिलाई सम्मान गर्न र जनमानसमा सकारात्मक सामाजिक सन्देश प्रवाह गर्ने दिशामा निरन्तर काम गर्दै आएको छ ।


Back_to_top