बेलायती लग्जरी कार उत्पादक कम्पनी रोल्स रोयल्सले गाडीसँगै मह उत्पादनमा हात हालेको छ । कम्पनीका अनुसार यो मह विश्वको सबैभन्दा उत्कृष्ट मह हुनेछ । जसरी रोल्स रोयसका एसयूभी गाडी हरेकको सपनाको ब्राण्ड बनेको छ त्यसैगरि उसको महको ब्राण्डपनि उत्कृष्ट हुने दाबी कम्पनीको छ ।
मिडिया रिपोर्टका अनुसार बेलायती कम्पनीले आफ्नो गुडउड एपीरीमा रहेको ४२ एकड जमिनमा मौरी खेती सुरु गरेको हो ।

कोरोना भाइरसको प्रकोपले विश्वभर सवा २ लाख मान्छेको मृत्यु पछि धेरै कम्पनीहरुले आफ्नो विजनेस सेक्टर परिवर्तन गर्न थालेका छन् । यो महामारीमा अटोमोवाइल सेक्टर पनि असाध्यै प्रभावमा परेको विजनेस हो । कोरोनाको प्रभावसँगै कार निर्माता कम्पनीहरु अन्य व्यापारमा केन्द्रित हुन थालेका हुन् ।
भनिन्छ, जर्मन मोटर कम्पनी बीएमडब्लुको पूर्ण स्वामित्वमा रहेको रोल्स रोयस कार खरिद गर्न पैसा मात्र भएर पुग्दैन । कम्पनीले ग्राहकको अन्य स्टाटस हेरेर मात्र कार बेच्ने नबेच्ने निर्णय गर्ने गरेको छ । यसको मुख्यालय बेलायतको वेष्ट ससेक्स स्थित गुडउडमा रहेको छ । यसका चर्चित मोडलहरुमा प्यान्थम, कुलीनान्, गोस्ट, वार्थ तथा डाउन जस्ता रहेका छन् ।


