इभीमा क्रान्ति:भेहिकल टु भेहिकल चार्जिङ सिस्टम

इलेक्ट्रीक गाडीको बिक्रीसँगै इभीको बजारमा विभिन्न खाले व्यवहारीक समस्याहरु देखापर्न थालेका छन् । इभीको कम्पोनेन्ट मध्ये व्याट्री एक मुख्य तत्व हो । जसको यथेस्ठ चार्जले मात्र गाडी गुड्न सक्छ ।

ग्यासोलीन सवारीहरुमा गुडिरहँदा इन्धन सकिएमा कसैसँग मागेर वा ग्यालनमानै बोकेर ल्याएर पनि सजिलै इन्धन रिफिल गर्न सकिन्छ । गाडी चलाएर अगाडि बड्न सकिन्छ । तर, इभीमा भने बीच बाटोमा व्याट्री सकिएमा वा पुरै डिस्चार्ज भएमा के गर्ने भन्ने सजिलो उपाए छैन ।

यात्राको क्रममा सबै ठाँउमा रिचार्ज स्टेसन पाउन धेरै मुस्किल रहेको छ । इभीको व्याट्री डिस्चार्ज भएमा पुनः विद्युतीय चार्जरमा नजोडीकन गाडी गुडाउने अर्को सजिलो उपाए छैन । इभीलाई पुनः गुडाउनका लागि व्याट्री चार्ज गर्ने अथवा अर्को गाडीले तानेर गुडाउने मात्र उपाय रहन्छ ।

तर, हालै इभीको क्षेत्रमा एउटा नयाँ घटना घटेको छ । चाइनामा एउटा अनौठो घटनाले सबै इभी प्रेमीलाई उत्साहित बनाएको छ । अमेरिकी लग्जरी कार टेस्लाको मोडल एस बीच बाटोमा नै व्याट्री सकिएपछि कार चालक महिलालाई आपत पर्यो ।

उनले आफ्नो कारलाई अर्को गाडीले तानेर नजिकको चार्जिङ स्टेसनमा लगेर चार्ज गर्ने सोच बनाइरहेको बेला अचानक अर्को इभी चालक त्यहाँ आईपुग्छन् । उनले आफ्नो गाडीको चार्ज उनको गाडीमा ट्रान्फर गर्ने अफर गर्छ ।

अर्का चालकसँग रहेको गाडी पूर्णतया इभी नभई एक हाइब्रिड कार थियो । बिवाइडीको सोङप्रो डिएमले उक्त टेस्लालाई भेहिकल टु भेहिकल चार्जिङ टेक्नलोजीको माध्यमबाट व्याट्री चार्ज गरेको हो ।

बिवाइडीको सङप्रो डिएम एक डियूल मोड प्लगइन हाइब्रिड कार हो । यसमा १५.७ किलोवाट आवरको व्याट्री रहेको छ । यसमा व्याट्री मात्रको रेञ्ज ८१ किलोमिटर रहेको छ । सानो तर इफेक्टिभ व्याट्री रहेको बिवाइडी सङप्रोले टेस्लाको मोडल एसलाई नजिकको चार्जिङ स्टेसनसम्म पुग्ने चार्ज गरिदिन सफल भएको थियो ।

तर, काम पूरा गर्नका लागि लगभग २ घण्टा लागेको थियो । किनकी अहिलेसम्म पत्ता लागेको भेहिकल टु भेहिकल चार्जिङ एकदमै विस्तारै हुने गर्छ । यसको चार्जिङ रेट मात्र २ किलोवाट रहेको छ ।

यो घटनाले अझै पनि इभी चालकहरु ग्यासोलिन इन्जिन भएका गाडी जस्तै ड्राइभिङ गर्ने बानि रहेको देखाएको छ । कम्बस्चन इन्जिन भएका गाडीलाई इन्धन भर्न बाटाहरुमा रिफ्युल गर्ने स्थान रहेको हुन्छ । इलेक्ट्रीक गाडीको लागि चालकहरुले प्लानिङ गरेर चलाउन आवश्यक हुन्छ । आफ्नो यात्राको दूरी र उपलब्ध व्याट्रीको चार्ज मुल्याङ्कन गर्न जरुरी हुन्छ । किनकी चार्जिङ स्टेसनको उपलब्धता सबै ठाँउमा सहज छैन ।

तर, पनि उक्त घटनाले बाटोमा इभीको संख्या बढ्दै गएसँगै चालकहरु उपाय विहीन अवस्थामा पुग्ने छैनन् भन्ने देखाएको छ ।


Back_to_top