काठमाडौं । बिगत ४५ दिनदेखि चलिरहेको लकडाउन अब क्रमिक रुपमा खोलिने संकेत देखिन थालेको छ । आंशिकरुपमा लकडाउन खुकुलो गरेर आर्थिक गतिविधिलाई तिब्रता दिन सुरु गरिएता पनि मानिसमा कोभिड-१९ को भ्याक्सीन पत्ता नलागेसम्म यसको डर भने कायम रहने निश्चित छ ।
अब पहिलाको जस्तै जनजीवन सामान्य हुन लामो समय लाग्ने छ । किनकी कारोनोको प्रभाव व्यक्ति तथा परिवारको जीवनसँग प्रत्यक्ष रहेको छ । सरकारले सबैलाई सजक रहेर सामाजिक दुरीमा रही आफ्नो नियमित कार्य गर्न नागरिकलाई सुझाएको छ । यसले पैसा भएका र जोहो गर्न सक्ने मानिसले आफ्नै सवारी साधनको इक्छा राख्ने देखिएको छ । यसले रिकन्डिसन बजारमा बुम हुने देखिएको छ ।
‘अहिले सेकेन्ड ह्याण्ड बजारमा ५ लाखदेखि १५ लाखसम्मका कारहरु राम्रो कन्डिसनमै पाउन सकिन्छ । तर, कम पैसा हुनेहरुले अझ ३ देखि साढे ३ लाखमा नै कार किन्न सक्ने छन् । अलि नयाँ मोडलका कार चाहनेहरुले १२/१५ लाखमा किन्न सक्नेछन्’, कुइकेलले भने ।
नेपालमा चार पाङ्ग्रे सवारी साधन नयाँ किन्ने हो भने कम्तीमा पनि १५ लाख हुन पर्छ । तर सेकेन्ड ह्याण्ड मार्केटमा भने कम मूल्यमै पनि राम्रो कन्डिसन भएका गाडीहरु पाइन्छ । कोरोन विरुद्धको सुरक्षाका लागि अबको केही महिनासम्म यस्ता राम्रो कन्डिसन भएको सेकेन्ड ह्याण्ड साना गाडीहरुको अत्याधिक माग बड्ने अनुमान गर्न सकिन्छ ।
विगत लामो समयदेखि सेकेन्ड ह्याण्ड मार्केटमा कार्यरत श्रेया अटोमोवाइल्का सचित कुइकेलका अनुसार ‘लामो समयको लकडाउनका कारण बन्द रहेको मार्केट अब खुल्दा पक्कै पनि सस्ता तथा राम्रो कन्डिसनमा रहेका कारहरुको माग बढ्ने छ । साथै, अब सार्वजनिक सवारी नचढ्ने तथा मोटरसाइल पनि चढ्न नचाहने ठूलो जमातपनि चार पाङ्ग्रे सवारीमा आकर्षित पक्कै हुनेछन् ।’

‘अहिले सेकेन्ड ह्याण्ड बजारमा ५ लाखदेखि १५ लाखसम्मका कारहरु राम्रो कन्डिसनमै पाउन सकिन्छ । तर, कम पैसा हुनेहरुले अझ ३ देखि साढे ३ लाखमा नै कार किन्न सक्ने छन् । अलि नयाँ मोडलका कार चाहनेहरुले १२/१५ लाखमा किन्न सक्नेछन्’, कुइकेलले भने ।
त्यस्तै सिप्रदी अस्योर्डका ध्रुब रेग्मीका अनुसार ‘अब सेकेन्ड ह्याण्ड मार्केटमा धेरै चहल पहल हुने सम्भावना रहेको छ । साथै, कारोना भाइसरको डरले गर्दा शोसल डिस्ट्यान्सीङमा रहिरहनु पर्ने भएकोले गाडी किन्ने सोच वनाइरहेका मानिसहरुले सस्तै भए पनि आफ्नै कार किन्नेछन् ।
अब सार्वजनिक सवारी साधन प्रयोग गर्ने व्यक्तिहरुले पनि आवत जावत गर्नका लागि आफ्नै सवारी साधन चढ्ने छन् । त्यसले फलस्वरुप सेकेन्ड ह्याण्ड मार्केटमा साना कारहरुको माग अत्याधिक बड्ने सम्भावना पनि त्यतीकै रहेको छ । सिप्रदी अस्योर्डले विषेश गरेर टाटाका साना कारहरुको सेकेन्ड ह्याण्ड मार्केटको डिल गर्ने गरेको छ ।

त्यसैगरि डिएन अटो मोवाइलका राजकुमार देवकोटाको विचार भने अलि फरक रहेको छ । उनका अनुसार लकडाउन पूर्ण रुपमा खोले पनि तत्काल सवारी साधनको माग बढ्ने छैन । ‘लामो समयको लकडाउनले धेरै व्यक्तिहरुको आम्दानीका श्रोत गिरेको छ । पहिला खाध्यान्न र नियमित खर्चको पर्याप्त जोहो भएपछि मात्र अन्य खर्चका लागि तैयार हुने हो । तर, नियमीत काममा निस्किने मानिसहरुले भने आफ्नै सवारी चाहने छन्’ देवकोटाले भने ।
सबैले कार चढ्न खोज्ने र कमाइपनि धेरै नहुँदा सेकेन्ड ह्याण्ड बजारमा कारहरु आउने छैनन् । नयाँ सवारी बिक्री बढ्दा रिकन्डिसनमा गाडी आउने हो । अहिलेको अवस्थामा हेर्दा बजार नियमित प्रकृयामा आउनका लागि ६ महिना देखि १ वर्ष लाग्ने छ । समग्रमा हेर्दा बजार चलायमान हुन केही समय लाग्ने देखिन्छ । तर, जब बजारले गति लिन सुरु गर्छ त्यसपछि क्रमिकरुपमा रिकन्डिसन बजार अगाडी बढ्ने देखिन्छ ।
यसले अर्थतन्त्र र व्यक्तिको आम्दानीमा कस्तो प्रभाव पार्ने हो एकिन भइसकेको छैन । त्यसैले आगामी दिनमा मानिसहरुले धेरै मूल्य हालेर कार किन्नु भन्दा कम मूल्यमा आफ्नो आवश्यक्ता पुरा गर्न सक्ने कार किन्ने देखिन्छ ।


