नाडाले ल्यायो सर्भिस सेन्टर संचालन गर्दा अनिर्वाय पालना गर्नु पर्ने १८ बुँदा

काठमाडौं । विश्वव्यापी रुपमा बढदो कोरोना भाइरसको सन्दर्भमा आम जनताको स्वास्थ रक्षाको लागि नेपाल सरकारले पनि २०७६ साल चैत्र ११ गतेदेखि गरिरहेको लकडाउन अहिले पनि कायमनै रहेको छ ।

यस्तोमा सरकारले जेठ ५ गतेसम्म लकडाउन जारी राख्ने र यस अवधिमा ४४ किसिमका उद्योग र व्यवसायहरु खोल्ने निर्णयलाई नाडा अटोमोवाइल एसोसिएसन अफ नेपाललले स्वागत गर्दै आफ्ना सम्पूर्ण सदस्य तथा सर्भिस सेन्टर संचालकहरुलाई सावधानी अपनाएर मात्र सर्भिस सेन्टर संचालन गर्न अपिल गरेको छ ।

थपिदो लकडाउनको सन्दर्भमा आवश्यक सामान ढुवानी गर्ने एम्बुलेन्स लगायत प्रहरी, शुरक्षाकर्मी तथा स्वास्थकर्मीका सवारी साधनहरु मर्मतका लागि अति आवश्यक हुने वर्कशप, सर्भिसि सेन्टर र स्पेयर पार्टसका पसलहरु समेत आवश्यक हुने भएकाले यी काममा सचेता उपनाउन भनिएको हो ।

नाडाले आफ्ना सदस्यहरुलाई दिएको सुझाव यस प्रकार रहेका छन् ।

१. नाडाबाट जारी गरिएको कोरोना भाइरसको संक्रमणबाट बच्न र अरुलाई पनि बचाउन पालना गर्नु पर्ने गाइडलाइनलाई अनिवार्य रुपमा पालना गर्नु पर्ने ।

२. प्रथमतः आफु सुरक्षित हुने तत्पश्चात आफनो व्यवसायलाई पनि सुरक्षित गर्दे सरकारको कदमलाई पूर्णतः सहयोग गर्नु पर्ने ।

३. खाना, खाजा र चिया संभव भएसम्म घरबाटै ल्याएर खाने । संभव भएसम्म केक, आइसक्रिम र अण्डाको प्रयोग नगर्ने । चिया कफी खाँदा डिसपोजेवल कपको प्रयोग गर्ने । पानीका लागि साना प्याकेज वोटलहरु मात्र प्रयोग गर्ने ।

४. पैसा, चेक, कागजपत्र लगायतका लेनदेनमा अनिवार्य रुपमा पञ्जा र सेनेटाइजरको प्रयोग गर्ने ।

५ कुनै पनि सामान वा बस्तु पञ्चा लगाएर मात्र छुने । तत्पश्चात साबुन पानीले वा सेनिटाइजरले राम्रोसँग हात धुने । साबुन पानीको प्रयोग गर्दा साधारणतया २० सेकेण्डसम्म दुईवटा हात रगडेर धुने ।

६. संक्रमणबाट बच्न उच्चतम उपायको रुपमा मानिएको र ठानिएको समाजिक दुरीलाई कडाइका साथ पालन गर्ने । हाच्छिउ आउदा रुमाल वा आफ्नो कुहिनाले नाक छोप्ने । सामाजिक दुरी कामय गर्दा १.५ मिटर हुनु पर्ने । कामको हरेक चरणमा सामाजिक दुरीलाई कडाइका साथ पालन गर्ने । दुई सिटको विचमा पर्याप्त दुरी कायम राख्ने ।

७. हरेक काममा मास्क र पञ्जा अनिवार्य रुपमा प्रयोग गर्ने । सामान छुनु अगावै र सामान गन्तव्य राखेपछि स्यानीटाइजर प्रयोग गर्ने । संञ्चारको मूख्य साधनको रुपमा मोवाइल र कप्यूटरको अधिकतम प्रयो गर्ने ।

८. स्पेयर पार्टस, लुव्रिकेण्टस, व्याट्रि, एसेसरिज, टुल्स र मेशिनहरु लगाएतका विभिन्न बस्तुहरु छुदा अनिवार्य रुपमा पञ्जा वा सेनिटाइजरको प्रयोग गर्ने । सकेसम्म डिस्पोजेवल पञ्जाको प्रयोग गर्ने र घरमा फर्के पछि घर वाहिरको डष्टविनमा राख्ने वा जलाउने । वर्कसपहरुमा सकेसम्म एसिको प्रयोग नगर्ने र अधिकतम रुपमा भेन्टीलेशनको व्यवस्था गर्ने ।

९. सकेसम्म आफनो हातले आँखा, कान, नाख र मुख नछुने । कसैसंग पनि हात नमिलाउने र नमस्कार मात्र गर्ने ।

१०. घरमा लगेको खानेकुरा वा अन्य सामानहरु तातो सावुन पानीले वा सेनिटाइजरले धुने र ४/५ घण्टा वाहिर घाममा सुकाउने । धुन र पखाल्न मिल्ने वा पकाएर खान मिल्ने खानेकुराहरु मात्र प्रयोग गर्ने ।

११. आफुले दिन भर पसल, वर्कशप र अफिसमा लगाएको लुगा घर वाहिरै राखेर धुने । सर सफाईलाई उच्च प्राथमिकता दिने ।

१२ वर्कशप, पसल वा अफीसहरुमा सकेसम्म आलोपालो गरेर बस्ने । अफीसका ढोका, ह्याण्डिल, वासरुम स्यानीटाइज्ड गर्ने ।

१३. आफनो निजी सवारी साधनहरुलाई पनि सेनिटाइज्ड गर्ने अर्थात डिस इन्फेसनाइज्ड गर्ने ।

१४. कार्यालय, पसल र वर्कशपमा आउने ग्राहकहरुले पनि अनिवार्य रुपमा मास्क र पञ्जाको प्रयोग गरेको हुनु पर्ने । त्यस्तो व्यवस्था नगरेको ग्राहकलाई प्रवेशमा नै रोक लगाउने । गाडि वाशिङ्ग गर्ने कर्मचारीले हर समय पिपिई लगाउने ।

१५ सकेसम्म कम्तिमा ३ दिनसम्म गोदाममा स्टक राखेर मात्र स्पेयर पार्टस वा अन्य सामानहरु विक्री गर्ने ।

१६. वर्कशपहरुले ढोकैबाट सेवा दिने र त्यहीबाटै आउने जाने सकिने व्यवस्था मिलाउने । मेकानिक्सले विशेष शुरक्षा अपनाउने ।

१७ काममा जाने सवैले टाढैबाट प्रयोग गर्न मिल्ने इन्फ्रारेड थर्मामिटरको प्रयोग गर्ने यदी आफनो शरीरको तापक्रम ९९ फरेनहाइट भन्दा बढी रहेछ भने घर मै बस्ने अथवा डाक्टरलाई देखाउने ।

१८. विक्रेता र उपभोक्ता दुवैले स्यानीटाइजर साथमा राख्ने । विक्रेताहरुले र वर्कशपहरुले अगाडी ढोकामा नै स्यानीटाइजर राख्ने व्यवस्था गर्ने ।


Back_to_top