काठमाडौं । महिन्द्राले नयाँ जेनेरेशन थार तीन महिनापछि बजारमा ल्याउने भएको हो । कम्पनीले आगामी अगस्टमा नयाँ जेनेरेशन थार बजारमा ल्याउने तयारी गरिरहेको जनाएको छ । यस्तोमा नयाँ जेनेरेशन थार पेट्रोल इन्जिनमा पनि आउने बताइएको छ ।
नयाँ थार २.० लिटर पेट्रोल इन्जिनमा पनि उपलब्ध हुने छ । यसको पावरको विषयमा अहिलेसम्म कुनै जानकारी दिइएको छैन ।
तर, नयाँ जेनेरेशन थारमा नयाँ च्याचिस र बडी प्यानल दिइएको छ । यसमा २.२ लिटर डिटरको डिजेल इन्जिन उपलब्ध हुने छ । उक्त इन्जिनले १४० हर्स पावर प्रदान गर्ने छ । यसमा ६ स्पीडको म्यानुयल गियरबक्स दिइएको छ । कम्पनीले थारलाई अटोमेटिक गियरबक्समा पनि उपलब्ध गराउने छ । त्यसको लागि भने सन् २०२१ सम्म कुर्नु पर्नेछ ।
दोस्रो जेनेरेशन थार अहिले विभिन्न चरणको परिक्षण पुरागरी बजारमा आउने अन्तिम तयारीमा रहेको छ । महिन्द्राको अफरोड एसयूभीको रुपमा परिचित थारको नयाँ जेनेरेशन मोडललाई सबै किसिमको हावापनी र सडकमा परिक्षण गरिएको थियो ।
नयाँ जेनेरेशन थारमा १८ इन्चको अलोय ह्वील, सबै लाइटहरु एलइडी रहने छन् भने अगाडि फेसिकामा रहेको एलइडी डेटाइम रनिङ लाइटले गाडीलाई निकै आकर्षक देखाउने अनुमान गरिएको छ । यसका अलावा टचस्कृन इन्फोटेन्टमेन्ट सिस्टम, मल्टी इन्फर्मेशन डिस्प्लेसहितको इन्ट्रुमेन्ट क्लष्टर, म्यानुयल एसी, पावर फोल्डीङग विङ मिरर, मल्टीपल यूएसबी पोर्ट जस्ता फिचर उपलब्ध रहने छन् ।
सुरक्षाको लागि दुई एयरव्याग, एबीएस, इबीडी, रियर पार्किङ क्यामेरा जस्ता फिचर रहने छन् ।


