यस्ताे हुनेछ पल्सर आरएस ४००, अगष्टमा सार्वजनिक हुने

बजाजले अगष्ट २०२० मा इन्डोनेशियामा सार्वजनिक गर्ने तयारी गरेको मोटरसाइकल आरएस ४०० को तस्वीर बाहिर आएको छ । केहि समय अगाडी कम्पनीले बजाज पल्सर आरएस ४०० इन्डोनेशियामा उत्पादन गरिरहेको रिपोर्ट बाहिर आएको थियो ।

इन्डोनेशियाली बजारमा बजाजको आरएस २०० फुल फियर्ड मोटरसाइकल रहेको छ । अब आउने बजाज पल्सर आरएस ४०० यसैको ठूलो रहेको छ ।

बजाज पल्सर आरएस ४०० मा फुल एइडी हेडल्याम्प तथा एलइडी डीआरएल रहने छ । यसमा फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर उपलब्ध हुने छ । यसमा कम्पनीले बजाज डोमिनार ४०० को इन्जिन प्रयोग गर्ने रिर्पोटमा उल्लेख छ । साथै यसमा नयाँ एलइडी टेलल्याम्प रहने छ ।

यसमा ३७३.३ सीसी, सिगंल सिलिन्डर, ट्रिपल स्पार्क इन्जिन दिइएने छ । यो इन्जिनले ४० पीएस पावर ताथ ३५ एनएम टर्क जेनेरेट गर्छ ।

कम्पनीले इन्डोनेशियामा यो मोटरसाइकल अगष्ट २०२०मा सार्वजनिक गर्ने अनुमान गरिएको छ । कम्पनीले यसको लागि आवस्यक डकुमेन्ट इन्डोनेशियाली सरकारलाई बुझाएको कम्पनीले आधिकारीक जानकारी दिएको छ ।

विश्वको ७० भन्दा बढी देशमा बिक्री हुने पल्सर ब्राण्डमा आउने ४०० सीसीको मोटरसाइकल इन्डोनेशियाको अलावा अन्य कुन कुन देशमा बिक्री हुन्छ भन्ने विषयमा कम्पनीले कुनै जानकारी दिएको छैन ।


Back_to_top