रोयल इनफिल्डले बनायो एक ठाँउबाट अर्को ठाँउमा सार्न मिल्ने शोरुम

रोयल इनफिल्डले नयाँ कन्सेप्टको शोरुम निर्माण गरेको छ । कम्पनीले उक्त शोरुम थाइल्यान्डमा निर्माण गरेको हो । एक ठाँउबाट अर्को ठाँउमा सार्न मिल्ने शोरुम अहिले खुबै चर्चामा रहेको छ ।

कम्पनीले निर्माण गरेको उक्त शोरुममा रोयल इनफिल्डका सबै रेन्जका मोटरसाइल प्रर्दशन गर्न सकिने रहेको छ । उक्त शोरुम कन्टेनरको प्रयोग गरेर निर्माण गरिएको हो ।

कम्पनीले दुई तलामा यसको निर्माण गरेको छ । एक तलामा कम्पनीका सबै मोटरसाइकल प्रर्दशन गर्ने स्थान छ भने, अर्को तलामा सेफ्टिी गेयरको प्रदर्शन तथा बिक्री गरिने छ ।

कम्पनीले थाइल्यान्डमा ९ वटा शोरुम तथा ६ वटा सर्भिस सेन्टर संचालन गरिरहेको छ । कम्पनीको एसेम्बल प्लान्ट समेत थाइल्यान्डमा रहेको छ ।

सार्न मिल्ने शोरुमसमेत अन्य शोरुमकै डिजाइनमा निर्माण गरिएको छ । यसमा प्रयोग गरिएको कलर तथा डिजाइन समेत एकै प्रकारको रहेको छ । यो कम्पनीले निर्माण गरेको पहिले स्थानान्तरण गर्न सकिने शोरुम हो ।

कम्पनीसँग हाल बुलेट, क्लासीक, थन्डरवर्ड, हिमालयन, इन्टर सेप्टर ६५०, कन्टीनेन्टल ६५० जस्ता मोडलका मोटरसाइकल रहेको छ । एशियाली मार्केटमा कम्पनीले हालै मात्र ६५० ट्वीन रिकल रहेको थियो ।


Back_to_top