काठमाडौं । लकडाउनको मोडालिटी परिवर्तन हुने अवस्थामा रहेको छ । अब बिस्तारै कारका शोरुमहरु खुल्ने र ग्राहकको प्रतिक्षा गर्ने दिनहरु आउने छन् भन्ने विस्वास सबैले गर्न थालेका छन् । यस्तोमा गाडी बिक्रेता कम्पनीहरुले आफ्ना नयाँ उत्पादन नेपाल ल्याउन सुरु गर्ने आँकलन गर्न सकिन्छ ।
भारतीय बजारमा लकडाउन खुकुलो बनाउदै शोरुमहरु खुलेसँगै हुन्डाईको भारतमा उत्पादन गरिएको एसयूभी क्रेटाको नयाँ जेनेरेशन मोडल सबैभन्दा बढी बिक्री भएको मोडल बनेको छ । उसोत नयाँ जेनेरेशन क्रेटाको बुकिङ लकडाउन अघिसम्म २२ हजार यूनिट पुगेको कम्पनीले जनाएको थियो ।
सन् २०१५ देखि अन्तर्राष्ट्रिय बजारमा निकै सफल मानिएको क्रेटालाई कम्पनीले सन् २०१८ मा फेसलिफ्ट गरेको थियो भने २०२० मा नयाँ जेनेरेशन मोडलको रुपमा ल्याएको हो ।
नेपालमा समेत निकै सफल रहेको क्रेटाको नयाँ जेनेरेशन मोडलले कस्तो व्यापार गर्छ त्यो भने हेर्न बाँकी नै रहेको छ । लकडाउन सकिएपछि नयाँ क्रेटा नेपालमा बिक्री सुरु हुने अनुमान गरिएको छ ।

यहाँ हामीले चर्चा गर्न खोजेको विषय नयाँ क्रेटामा गरिएको मुख्य ५ परिवर्तन के के हुन् भन्ने विषय हो । नयाँ जेनेरेशन क्रेटामा दिइएको सबै लाइट एलइडी रहेको छ । कम्पनीले यसमा ट्रियो बीम एलइडी हेडल्याम्प दिएको छ भने, एलइडी डिएलआरको प्रयोग गरिएको छ । यसमा दिइएको इन्टेरियर लाइटसमेत सबै एलइडी रहेको छ ।
नयाँ क्रेटा रेगुलर मोडलको तुलनामा निकै आरामदायी रहेको बताइन्छ । यसलाई प्रिमियम बनाउन कम्पनीले ठूलो पानारोमिक सनरुफ, लेदर अपहोलिस्टीक, भ्यान्टिलेटेड फ्रन्ट सिट, ८ वे पावर ड्राइभर सिट, अटोमेटिक एयर प्यूरीफएर दिइएको छ । पछाडि बस्नेलाई हेडरेष्ट कुसन, वायरलेस चार्जर, बोसको ८ वटा स्पीकरसहितको अडियो सिस्टम, १०.२५ इन्चको टचस्कृन इन्फोटेन्टमेन्ट सिस्टम, ७ इन्चको कलर टिएफटी इन्ट्रुमेन्ट कन्सोल जस्ता नयाँ फिचर उपलब्ध रहेको छ ।
हुन्डाईले क्रेटामा नयाँ एड्भान्स व्लु लिंक कनेक्टीभीटी दिएको छ । यसमा दिइएको कनेक्टीभीटीको माध्यमबाट ५० भन्दा धेरै फिचरहरु रिमोट र भ्वाइस कमाण्डबाट कन्ट्रोल गर्न सकिने छ ।

नयाँ क्रेटामा तीन फरक ड्राइभिङ मोड उपलब्ध रहेको छ । फ्रन्ट ह्वील ड्राइभ सिस्टममा उपलब्ध क्रेटामा स्नो, स्यान्ड र मड तीन ड्राइभ मोड उपलब्ध रहेको छ ।
नयाँ क्रेटाको बडी निकै बलियो र सुरक्षीत रहेको कम्पनीले दाबी गरेको छ । यसमा प्रयोग भएको हाइस्ट्रेन्थ स्टीलले दुई वटा अफ्रिकन हात्तीको तौल थेग्न सक्ने कम्पनीले दाबी गरेको छ ।
यसको अलावा गाडीमा लेक्ट्रोनिक स्टेविलिटी कन्ट्रोल, भेहिकल स्टेविलिटी म्यानेजमेन्ट सिस्टम, सबै चक्कामा डिस्क ब्रेक, हिल स्टार्ट एसिस्ट कन्ट्रोल, गाइडलाइनको साथ रियर पार्किङ क्यामेरा र ६ वटासम्म एयरव्याग दिइएको छ ।


