काठमाडौं । टाटा मोटर्सले अनलाइन सेवाको सुरुवात गर्दै अनलाइनबाटै गाडी किन्न र सर्भिस सेवा लिन सक्ने बनाएको छ । टाटाको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले आफ्ना ग्राहकलाई सर्भिस बुक गरेर सेवा दिने बनाएको छ ।
कम्पनीले अनलाइनमा सर्भिस बुकिङ गरेपछि घर वा अफिसमा गएर कम्पनी गाडी ल्याउने छ भने सर्भिसिङ सकिएपछि घर वा अफिसमा नै गाडी पुर्याउने जनाएको छ ।
यसले टाटाले कोभिडको डरमा घर वा अफिसभन्दा बाहिर गाडी लिएर सर्भिसमा जान नभ्याउने र अनावश्यक घरबाट बाहिर निस्कन नचाहनेको लागि उत्कृष्ट सेवा हुने सिप्रदीले जनाएको छ ।
‘हामी ग्राहक सेवालाई बलियो बनाउन चाहन्छौ । यो प्रयासले हाम्रा ग्राहकले थप सेवा पाउनेमा हामी ढुक्क छौं’, सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने ।


