काठमाडौं । सुदुरपश्चिम सरकारले मोटरसाइकलमा लाग्दै आएको वार्षिक करमा व्यापक कटौति गरेको छ ।
सरकारले असार १ गते सार्वजनिक गरेको प्रदेश सरकारको बजेटले मोटरसाइकलमा लाग्दै आएको वार्षिक करमा व्यापक छुट प्रदान गरेको हो ।
यसअघि लाग्दै आएको मोटरसाइकलको सीसी समूहमा पनि यसपटक परिमार्जन गरिएको छ । पुरानो १२६ देखि १५० सीसी समूहलाई यस पटकबाट हटाइएको छ । अब १२६ सीसीदेखि २५० सीसीसम्मको मोटरसाइकललाई एउटै सूचीमा समावेस गरिएको छ ।

सुदुरपश्चिम सरकारले ल्याएको बजेटमा १२६ सम्मका मोटरसाइकल तथा स्कुटरको वार्षिक करमा परिमार्जन गरिएको छैन । १२६ देखि २५० सीसीसम्मका सवारीसाधनको कर ८००० रुपैयाँबाट घटाएर ४५०० रुपैयाँ कायम गरिएको छ ।
यसअघिको बजेटमा २५१ सीसीदेखि ४०० सीसीसम्मका मोटरसाइकलमा लाग्दै आएको १६ हजार रुपैयाँलाई घटाएर यसपटक ८ हजार कायम गरिएको छ भने ४०१ सीसी माथिका मोटरसाइकलमा लाग्ने करलाई ३० हजारबाट घटाएर ९ हजार कायम परिएको छ ।

