काठमाडौं । प्रदेश एक र सुदुरपश्चिम सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेका छन् । यी दुई प्रदेशले जारी गरेको बजेटमार्फत मोटरसाइकलमा लाग्ने वार्षिक कर शुल्क सीसीको आधारको प्रयोग बापत धेरै रकम खर्च गर्नु पर्छ भन्ने विषयलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।

१२५ सीसी सम्मका मोटरसाइकलमा प्रदेश १ ले धेरै कर लगाउदै आएको छ । प्रदेश १ सरकारले वार्षिक २८०० रुपैयाँ कर लगाउदा सुदरपश्चिम प्रदेशले २५०० रुपैयाँ लग्ने उल्लेख गरेको छ ।
दुबै प्रदेश सरकारले १२६ सीसीदेखि २५० सीसीसम्मको मोटरसाइकललाई एउटै सूचीमा समावेस गर्दै ४ हजार ५०० रुपैयाँ कायम गरेका छन् । तर, २५१ देखि ४०० सीसीसम्मको मोटरसाइकलमा पनि प्रदेश १ सरकारले धेरै कर लगाएको छ । प्रदेश १ सरकारले यस्ता मोटरसाइकलमा ९ हजार रुपैयाँ कर लगाउदा सुदुरपश्चिम प्रदेशमा ८ हजार रुपैयाँ मात्र कर लाग्ने छ ।
त्यसैगरि ४०१ सीसी माथिका मोटरसाइकलमा लाग्ने करमा सुदुरपश्चिम सरकार निकै उदार देखिएको छ । उसले यस्ता मोटरसाइकलमा ९ हजार रुपैयाँ कर लगाउदा प्रदेश १ सरकारले १६ हजार ५०० रुपैयाँ कर लगाएको छ ।

