१ रुपैयाँ डाउन पेमेन्टमा होन्डा डिओ किन्न पाइने, यस्तो छ मासिक किस्ता

काठमाडौं । होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले लकडाउनको मोडालिटी परिवर्तन हुनुभन्दा पहिला नै नयाँ अफर सार्वजनिक गरेको थियो । कम्पनीले १ रुपैयाँ डाउन पेमेन्ट, १ प्रतिशत व्याज र १ रुपैयाँ मासिक किस्ताको अफर गरेको हो ।

यस अफरमा होन्डाको लोकप्रिय स्कुटर डिओ किन्न चाहने ग्राहकले मासिक किस्ता कति रकम तिर्नु पर्छ भन्ने विषयमा हामीले जानकारी दिने प्रयास गरेका छौं ।

तत्काल डाउन पेमेन्ट गर्ने पैसा नभएको तर लकडाउन पश्चात मासिक तलब आउनेगरि काम गर्ने ग्राहकले कुन स्कीममा आफुलाई सहज हुन्छ त्यो स्कीम छनोट गर्न सहज होस् भनेर यसको मासिक किस्ता सहितको हिसाव निकालेका छौं ।

होन्डा डिओको शोरुम मूल्य २ लाख १२ हजार ९०० रुपैयाँ रहेको छ । यसका अलावा एक रुपैयाँ डाउन पेमेन्टमा डिओ किन्ने ग्राहकले सुरुमा नै बीमा वापतको रकम तिर्नु पर्ने हुन्छ । तीन वर्षको लागि कर्जा दिने भएकाले बीमा वापत लाग्ने १६ हजार ९५० रुपैयाँ एकमुष्ठ तिर्नु पर्ने हुन्छ भने तीन वर्षपछि नामसारी गर्न लाग्ने खर्च १ हजार रुपैयाँ र सर्भिस चार्ज वापत ३ हजार ३९० रुपैयाँ अग्रिम तिर्नु पर्ने हुन्छ ।

यसरी हिसाव गर्दा शोरुममा होन्डा डिओ किन्न जाँदा ग्राहकले कम्तीमा २१ हजार ३४० रुपैयाँ बोकेर जानु पर्ने हुन्छ ।

मासिक किस्ता र व्याजदर

एक रुपैयाँ डाउन पेमेन्ट तिरेर होन्डा डिओ किन्ने ग्राहकले १३ प्रतिशत वार्षिक व्याजदर तिर्नु पर्ने हुन्छ । यसमा ग्राहकले तोकिएको समयमा किस्ता बुझाउने हो भने व्याज दर अझै कम हुनेछ । तुलनात्मक रुपमा अन्य कम्पनीभन्दा होन्डाले ल्याएको व्याजदर केही सस्तो रहेको छ ।

यसरी स्कुटरकको मूल्य २ लाख १२ हजार ९०० रुपैयाँमा एक रुपैयाँ मात्रै डाउन पेमेन्ट गर्दा २ लाख १२ हजार ८९९ रुपैयाँ ऋण लिनु पर्ने हुन्छ । उक्त ऋणलाई ३६ किस्तामा विभाजन गर्दा लाग्ने मासिक किस्ता हेर्नको लागि यहाँ क्लिक गुर्नुहोस् ।


Back_to_top