काठमाडौं । फोर्डको आधिकारीक बिक्रेता कम्पनी जीयो फोर्डले नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले जारी गरेको नयाँ अफरमा ग्राहकले ३० प्रतिशत डाउन पेमेन्टमा नै नयाँ गाडी किन्न सक्ने छन् ।
कम्पनीले ल्याएको नयाँ अफरमा गाडी किन्ने ग्राहकले १० वर्षको लागि फाइनान्स सुविधा पाउने छन् । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार ग्राहकले गर्नु पर्ने डाउन पेमेन्ट वापतको ५० प्रतिशत रकममा मध्ये ३० प्रतिशत सुरुमै बुझाउनु पर्नेछ भने, बाँकी २० प्रतिशत रकम ४ महिना भित्र कम्पनीलाई बुझाउनु पर्नेछ ।
कम्पनीले फोर्डका सबै २०२० मोडलका गाडीहरु बिक्री गरिरहेको र यी मोडलहरु बीएस ६ मापदण्डको भएको बताइएको छ ।
कम्पनीले अझै फैलिदो कोभिड १९ लाई मध्यनजर गर्दै गाडी किन्ने परिवारको कोरोना बीमा पनि गरिदिने जनाएको छ ।
साथै, कम्पनीले नगद छुट, एक वर्षको बीमा शुल्क, आर्थिक वर्ष २०७७/७८ को सडक दस्तुर, ३ वर्षको वारेन्टि, ३ वर्षको सर्भिस शुल्क, लोयल्टी बोनस लगायतका अफर गरेको छ ।
फोर्डका फिगो, फ्रिस्टाइल, इकोस्पोर्टस् लगायतका मोडल बिक्री वितरण गर्दै आएको छ ।

