अफरमा फोर्ड फिगो किन्दा यस्तो छ मासिक किस्ता, १० वर्षको कर्जा सुविधा

काठमाडौं । जियो फोर्डले ग्राहकलाई फोर्डका गाडीमा विभिन्न अफर ल्याएको छ । कम्पनीले ल्याएको उक्त अफरममा फोर्डको फिगो किन्न चाहने ग्राहकले के कस्ता सुविधा पाउँछन् भन्ने धेरैको चासो रहेको छ ।

फोर्ड फिगो टाइटेनियमको मूल्य ३० लाख ९९ लाख रुपैयाँ रहेको । यो नै फोर्डको इन्ट्री लेवल मोडल हो । यो बाहेक कम्पनीले थप तीन भेरियन्टपनि बिक्री गर्दै आएको छ ।

कम्पनीले अफर गरे अनुसार फोर्डको फिगो किन्दा ग्राहकले सुरुमा ३० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ । कम्पनीको मूल्य अनुसार ९ लाख २९ हजार ७०० रुपैयाँ तिर्दा पुग्ने छ ।

ग्राहकले बैंकबाट १५ लाख ४९ हजार ५ सय रुपैयाँ कर्जा पाउने छन् भने बाँकी ६ लाख १९ हजार ८ सय रुपैयाँ ४ महिना भित्र ग्राहकले भुक्तानी गर्नु पर्ने हुन्छ । यो रकममा कुनै व्याज लाग्ने छैन ।

यदि तपाईले फोर्डको यो अफरमा गाडी किन्नु भयो भने अनुमानित मासिक किस्ता थाहापाउन यहाँ क्लिक गर्नुहोस् ।

कम्पनीले ल्याएको अफर अनुसार १० वर्षसम्मको कर्जा सुविधा पाइने छ भने अहिलेको अनुमानित व्याजदर १०.५ प्रतिशतलाई आधार मानेर यो मासिक किस्ता निकालिएको हो ।

यसको अलावा ३ वर्षको सर्भिसिङ, ३ वर्षको वारेन्टी, नगद छुट, लोयलटी बोनस, गाडी किन्ने मानिसको परिवारमा रहेका ४ जनासम्मको कोरोना बीमा जस्ता अफर कम्पनीले गरेको छ ।

यस्तो छ फिगो

फोर्ड फिगोमा १.२ लिटर थ्री सिलिन्डर, बीएस ६, पेट्रोल इन्जिन रहेको छ । फिगोले प्रतिलिटर २०.४ किलोमिटर माइलेज प्रदान गर्ने एआरआईले सटिफाई गरेको छ ।

यसको लम्बाई ३९४१ एमएम, चौडाई १७०४ एमएम र उचाई १५२५ एमएम रहेको छ । यसमा ह्वीलवेस भने २४९० एमएमको दिइएको छ । ग्राउन्ड क्लियरेन्स भने १७४ एमएम रहेको छ । नयाँ फिगोमा २५७ लिटरको बुट स्पेश दिइएको छ ।

स्पोर्टी सेलुलर हनिकब फ्रन्ट ग्रिल, टुईन हेडल्याम्प र १५ इन्च अलोय ह्वील, किलेस इन्ट्री, पुस बटन स्टार्ट, अटोमेटिक हेडल्याम्प, रेन सेन्सिङ वाइपर र हेड युनिटसँगै इन व्यूल्ट नेभिगेसन फिचर दिएको छ ।

यसमा दिइएको ७ इन्चको इन्फोटेनमेन्ट सिस्टमले कारको ड्यासबोर्डलाइ निकै आर्कषक बनाएको छ । यस्तै, पावर विंग मिरर, क्लाइमेट कन्ट्रोल, ६ वटा एयरब्याग, एबीएस, इबीडी, सिट बेल्ट वार्निङ जस्ता फिचरले नयाँ फिगोलाई निकै सुरक्षित बनाएको छ ।


Back_to_top