काठमाडौं । हिरोको आधिकारीक बिक्रेता एनजीएमले सून्य प्रतिशत डाउन पेमेन्टमा मोटरसाइकल तथा स्कुटर किन्न सकिने योजना अगाडि ल्याएको छ । सबै कम्पनीले कोभिड अफर ल्याइरहँदा हिरोले आफ्नो पुरानै अफरलाई निरन्तरता दिएको हो ।
सजिलै हिरो ट्यागलाईनमा ल्याएको यो अफर योजनामा ग्राहकले कुनैपनि मोटरसाइकल किन्दा डाउन पेमेन्ट गर्नु पर्ने छैन । ग्राहकले यस अफर योजनाको साथमा २ वर्षको किस्ताबन्दी सुविधा पाउने छन् ।
यसका साथै यो योजनामा ग्राहकले मोटरसाइकल तथा स्कुटर खरिद गर्दा १३ देखि १४ प्रतिशत व्याज लाग्ने छ भने, कम्पनीले तोकेको समयमा नै किस्ता तिरे व्याजदर ४ प्रतिशले छुट हुने कम्पनीले जनाएको छ ।
ग्राहकले दर्ता, बीमा शुल्क र सेवा शुल्क भने तिर्नु पर्ने कम्पनीले जनाएको छ । यो सुविधा मोटरसाइकल तथा स्कुटर किन्न चाहने ग्राहकले कम्पनीले तोकेको शोरुमबाट मात्र पाउने जनाएको छ । अंग्रेजी नयाँ बर्ष लक्षित गरेर ल्याएको यो योजना कम्पनीले केही अवधिको लागि थप गरेको छ भने यो योजनामा सर्तहरु लागुहुने जनाइएको छ ।
नेपाली बजारमा हिरोका विभिन्न मोडलका चार स्कुटर र १६ मोटरसाइकलको बिक्री वितरण भइरहेको छ । कम्पनीले बिक्री गर्ने सबैभन्दा सस्तोमा १ लाख ६६ हजारदेखि महङ्गोमा ३ लाख ८५ हजार रुपैयाँ मूल्यसम्मका मोटरसाइकल तथा स्कुटर रहेका छन् ।

