काठमाडौं । सुजुकीले एक्रस प्लगइन हाइब्रिड एसयूभी ल्याउने भएको छ । कम्पनी यो मोडल टोयोटा र्याभफोरमा आधारित रहेर उत्पादन गरेको हो । यसमा रहेको हाइब्रिड टेक्नोलोजी टोयोटाबाट लिइएको हो ।
सुजुकी एक्रस भिटारा भन्दा केही ठूलो रहने छ । यसको लम्बाई ४६३५ एमएम, चौडाई १८५५ एमएम र उचाई १६९० एमएम रहेको छ । ५ सिट क्षमतामा आउने एक्रसमा ४९० लिटर क्षमताको बुट स्पेश रहने जनाइएको छ । यसलाई कम्पनीले विश्वभर सुजुकीको नेटवर्कबाट बिक्री गर्ने जनाएको छ ।

यसमा २.५ लिटर फोर सिलिण्डर पेट्रोल इन्जिन रहने छ । उक्त इन्जिनले १७५ हर्स पावर र २७० एनएम टर्क प्रदान गर्ने छ भने इलेक्ट्रीक मोटरले ५४ हर्स पावर र १२१ एनएम टर्क प्रदान गर्ने छ । दुबैको संयूक्त पावर भने १८२ हर्स पावर र २७० एनएम टर्क हुने छ । सुजुकी इ फोर्स इलेक्ट्रीक सिस्टम प्रदान गरिएको यो हाइब्रिड कार केही महिनापछि बिक्री सुरु हुने छ ।
१८.१ किलोवाट आवरको व्याट्री प्याक रहेको यो एसयूभीलाई इलेक्ट्रीक मोडमा मात्रै चलाउँदा पनि ७५ किलोमिटर यात्रा गर्न सकिने कम्पनीले जनाएको छ । इलेक्ट्रीक मोडको उच्चगति १३५ किलोमिटर प्रति घण्टा रहेको छ ।
एक्रस फुल फिचर लोडेड एसयूभी रहने छ । यसमा ९ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ड्राइभिङ एसिस्ट फङ्सन, प्रि–कुलिसन सिस्टम, लेन ट्याकिङ सिस्टम, डाइनामिक राडार क्रुज कन्ट्रोल, मिलिमिटर वेभ राडार मोनोकुलर क्यामेरा जस्ता मनोरञ्जन र सुरक्षा फिचर उपलब्ध रहने छ ।

