एमभी अगष्टाको १ करोड ४२ लाखको मोटरसाइकल, ११ मोडलमा सबैभन्दा सस्तो नै ४३ लाख

काठमाडौं । इटाइलियन प्रिमियम मोटरसाइकल निर्माता कम्पनी एमभी अगष्टाले नेपालमा सबैभन्दा महंगो मोटरसाइकल बिक्री गर्दै आएको छ । कम्पनीले प्रकाशन गरेको नयाँ मूल्यसूची अनुसार सबैभन्दा महंगो मोडलको मूल्य १ करोड ४१ लाख ९० हजार रुपैयाँ रहेको छ ।

एमभी अगष्टा बी४ सेरी ओआरओ मोडल सबैभन्दा महंगो मोडल हो । एमभी अगष्टा नेपाली बजारमा महंगो मोटरसाइकल बिक्री गर्ने ब्राण्डका रुपमा चर्चामा रहेको छ ।

एमभी अगष्टा सेरी ओआरओमा ९९८ सीसी ४ सिलिन्डर इन्जिन रहेको छ । यो इन्जिनले १३६०० आरपीएममा २१२ हर्सपावर तथा ९३०० आरपीएममा ११४.७ एनएम टर्क जेनेरेट गर्छ । यसको टप स्पीड ३०० किलोमिटर प्रति घन्टा रहेको छ । यो सबैभन्दा धेरै टप स्पीड क्षमता भएको नेकेड मोटरसाइकल रहेको छ ।

एमभी अगष्टाको नेपालको लागि आधिकारिक वितरक भेलोसिटी प्रालिले बिभिन्न १० मोडलका मोटरसाइकल बिक्री गर्दै आएको छ । कम्पनीले ४३ लाख ९० हजार रुपैयाँदेखि १ करोड ४१ लाख ९० हजार रुपैयाँसम्मका मोटरसाइकल बिक्री गरिरहेको छ ।


Back_to_top