पुराना मोटरसाइकलसँग नयाँ साट्दै यामाहा, साउनभर बिभिन्न स्थानमा सट्टापट्टा गर्न पाइने

काठमाडौं । यामाहाको एक्सचेन्ज अफर नेपालभर रहेका आफ्ना आधिकारिक शोरुम मार्फत संचालन भइरहेको छ । कम्पनीले साउन महिना लक्षित गरेर पालै पालो आफ्ना डिलर मार्फत यस योजना संचालन गरिरहेको हो ।

कम्पनीले साउन ११ गदेदेखि शुरू गरेको यो योजना साउन ३० गतेसम्म चल्ने जानकारी दिएको छ । साउन ११ देखि १४ सम्म कम्पनीले उपत्यकाका भक्तपुर, कुमारीपाटी, महाराजगंजमा यो योजना संचालन गरेको थियो ।

यस्तै सोही समयमा उपत्यका बाहिर भैरहवा, टीकापूर र १२ गतेदेखि १६ गतेसम्म बिर्तामोड, धरान, नारायणघाट, मिर्चैया, पोखरा, तुल्सीपुरमा संचालन गरेको थियो । कम्पनीले पाल्पामा भने १३ गतेदेखि १६ गतेसम्म संचालन गरेको छ ।

यस्तै उपत्यका बाहिर नै कम्पनीले बर्दिवासमा १८ गतेदेखि २१ गतेसम्म यो योजना संचालन गर्दैछ । त्यस्तै दाङ, गाइघाट, पर्सा, धनगढी, महेन्द्रनगरमा २० देखि २३ गतेसम्म संचालन हुने जनाएको छ ।

उपत्यका बाहिर नै इटहरिमा २६ देखि ३० र दुलेगौडामा २८ देखि ३२ गतेसम्म यो योजना संचालन गर्ने तयारी भइरहेको छ ।
त्यसैगरि २२ गतेदेखि २५ गतेसम्म धनुषाधाममा र २५ देखि ३० गतेसम्म उलाबारी, जुम्ला, कलैया, हेटौडा, बनेपा, नैकाप र रातोपुलमा संचालन हुने कम्पीले जनाएको छ ।

यस्तै आजदेखि २३ गतेसम्म कम्पनीले काठमाडौंको कोटेश्वर र सितापाइलामा समेत यो योजना संचालनमा ल्याएको छ भने, चाबहिलमा २५ देखि ३० गतेसम्म एक्सचेन्ज अफर दिने छ ।

यस योजनामा ग्राहकले कुनैपनि ब्राण्डको मोटरसाइकलसँग यामाहाको नयाँ मोटरसाइकल एक्सचेन्ज गर्न सक्नेछन् । यसरी एक्सचेन्ज गर्दा ग्राहकले बजार मूल्यभन्दा १५ हजार थप मूल्याङ्कन प्राप्त गर्नेछन् ।

यसका अलावा ग्राहकले हरेक मोटरसाइकल एक्सचेन्जमा हेलमेट तथा लेगगार्ड निःशुल्क प्राप्त गर्नेछन् । कम्पनीले बिभिन्न अफरका साथ फाइनान्सको समेत व्यवस्था मिलाएको जनाएको छ ।


Back_to_top