काठमाडौं । टीभीएस अपाचे आरटीआर १६० फोर भीको नयाँ भेरियन्ट दराज एप मार्फत बुधबार सार्वजनिक गर्ने भएको छ । टीभीएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले आरटीआर १६० फोर भीको सिंगल डिस्क भेरियन्ट दराजबाट सार्वजनिक गर्न लागेको हो ।
दराजले यो हप्तालाई ‘दराज महा बचत योजना’ संचालन गरिरहेको छ । यही योजना अन्तर्गत नयाँ भेरियन्ट सार्वजनिक गर्न लागिएको हो । यस्तो कुनैपनि डिजिटल प्ल्याटफर्ममा मोटरसाइकल लञ्च गर्न लागेको पहिलो पटक हो ।
‘हामीले दराजको महा बचत योजनामा आरटीआर १६० फोर भीको सिंगल डिस्क भेरियन्ट सार्वजनिक गर्न लागेका छौं । यसबाट मोटरसाइकल किन्न चाहनेले नगद १२ हजार रुपैयाँ छुट पाउने छन् । दराजमा यो योजना ७ दिनको लागि रहने छ’, जगदम्बा माटर्स स्रोतले भन्यो ।
कम्पनीले साउन ८ गते सार्वजनिक गरेको नयाँ मूल्यसूचीमा नै आरटीआर १६० फोर भी सिंगल डिस्क भेरियन्टको मूल्य सार्वजनिक गरेको थियो । कम्पनीले यसको मूल्य २ लाख ७२ हजार ९०० रुपैयाँ तोकेको छ ।
यसलाई दराज एप मार्फत खरिद गर्ने ग्राहकले नगद १२ हजार रुपैयाँ छुट पाउने छन् । मोटरसाइकलको छुटपछिको मूल्य २ लाख ६० हजार ९०० रुपैयाँ हुने छ ।
यस्तो छ मोटरसाइकल
१६० फोर भीमा १५९.७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन रहेको छ, उक्त इन्जिनले १६.५ पीएस पावर ८००० आरपीएममा र १४.८ एनएम टर्क ६५०० आरपीएममा उत्पादन गर्छ ।
पावर राइडिङको लागि सुपर स्लिक मेटेड ५ स्पीड गियरबक्स रहेको छ, जसले पावरफुल राइडिङको अनुभव प्रदान गर्नेछ । आफ्नो रेसिंग विरासतलाई कायम राख्नको लागि टीभीएस अपाचे आरटीआर १६० फोर भी ‘पावर टु वेट रेसियो’मा टप स्पीड ११३ किलोमिटर प्रति घण्टा रहेको छ । जसले आश्चर्यजनक रुपमा ०.६० किलोमिटर प्रतिघण्टाको रफ्तार मात्र ४.७३ सेकेन्डमा पुरा गर्छ ।

