नेपालमा हटकेक ‘आइकार भी २३’ मलेसियामा उत्पादन सुरू

काठमाडौं । चेरीको न्यू इनर्जी भेइकल ब्राण्ड आइकार मलेसियाबाट उत्पादन सुरू भएको छ । कम्पनीले मलेसियाको सेलाङ्गोरको अटोमोटिभ हाइटेक भ्यालीस्थित एसेम्बल प्लाण्टबाट आफ्नो चर्चित एसयूभी आइकार भी २३ रोल आउट गरेको हो ।

कम्पनीले दक्षिणपूवी एसियामा आफ्नो उपस्थिति बलियो बनाउने आइकार भी २३ मलेसियाबाट उत्पादन थालेको हो । विशेष गरी युवा उपभोक्ताहरूलाई लक्षित गरी बनाइएको बाकस आकारको अल इलेक्ट्रीक एसयूभी जुलाईको अन्त्यतिर स्थानीय शोरुमहरूमा पुग्नेछ ।

आइकार भी २३ मलेसियामा सुरूमा नोभेम्बर २०२५ मा २ वटा भेरियन्टमा सार्वजनिक गरिएको थियो । जसको मूल्य २९ हजार ३२० अमेरिकी डलरदेखि सुरू हुन्छ ।

मलेसियामा उत्पादन हुने रियर ह्वील ड्राइभ भी २३ मा १०० किलोवाटको सिंगल र १५५ किलोवाटको डुअल मोटर छ । डुअल मोटरले संयुक्त रूपमा २९२ न्युटन मिटर टर्क प्रदान गर्छ ।

चेरीले मलेसियामा आइकार भी २३ उत्पादन गर्ने प्लाण्ट निर्माण फेब्रुअरी २०२५ देखि सुरू गरेको थियो । यो प्लाण्टको प्रारम्भिक वार्षिक उत्पादन क्षमता १ लाख युनिट रहेको छ । यसको क्षमता भविष्यमा वार्षिक ३ लाख युनिट पुर्याउने गरी ठाउँ सुरक्षित राखिएको छ।

आइकार भी २३ हाल नेपाली बजारमा पनि हटकेक मोडल बनिरहेको छ । आकर्षक डिजाइन र प्रिमियम फिचरका कारण यो ग्राहकको रोजाइमा पर्न सफल भएको हो । मलेसियामा उत्पादन सुरू भएको आइकार भी २३ सम्भवतः आगामी दिनमा नेपालमा पनि आउने छ ।


Back_to_top