९ लाख ७५ हजार डाउन पेमेन्टमा सुजुकी बलेनो, मासिक किस्ता ३० हजार

काठमाडौं । सुजुकीले बलेनो स्मार्ट हाइब्रिड खरिद गर्न चाहने ग्राहकलाई ९ लाख ७४ हजार ७५० रुपैयाँ डाउन पेमेन्ट गरेर खरिद गर्न सक्ने योजना ल्याएको छ । कम्पनीले ल्याएको यो योजनामा गाडी किन्ने ग्राहकले मासिक ३० हजार ४३७ रुपैयाँ मासिक किस्ता तिर्नु पर्ने हुन्छ ।

एनआईसी एशिया बैंकले ल्याएको चमत्कारीक कर्जा योजनामा गाडी किन्ने ग्राहकले ८.२५ प्रतिशत व्याजदरमा नै कर्जा पाउने हुँदा व्याजमा पनि ग्राहकले राम्रै स्कीम पाएका छन् ।

स्मार्ट हाइब्रिड कारको बिक्रीको लागि सिजी मोटो कर्पले ‘स्मार्ट ७ डेज’ अफर चलाई रहेको छ । यो अफरमा गाडी किन्नेले आज साउन ३२ गतेसम्म मात्रै उक्त छुट सुविधा पाउने छन् । यस योजनामा गाडी किन्दा ग्राहकले २५ प्रतिशत मात्रै डाउन पेमेन्ट गरे पुग्ने छ ।

बलेनोको मूल्य ३८ लाख ९९ हजार रुपैयाँ रहेको छ । यसमा कम्पनीले २ लाख २५ हजार रुपैयाँ छुट पाउने छन् । यो रकम डाउन पेमेन्टपछिको कर्जा रकमा घटाउन पाइने छ ।

साथै, सिजी मोटो कर्पले पुराना गाडीसँग नयाँ साट्न चाहनेलाई २ लाख रुपैयाँ नगद छुट दिएको छ ।

यस्तो छ बलेनो

बलेनोको लुक्स निक्कै बोल्ड र आकर्षक रहेको छ । थ्रिडी ग्राफिक डिजाइनमा निर्माण भएको बलेनोमा बोल्ड ग्रिल, नयाँ बम्पर, प्रिसिशन कट ड्युल टोन अलोय ह्वील, एलइडी डिआरएलएस, एलइडी प्रोजेक्टर हेडल्याम्प, रियर एलइडी कम्बिनेशन ल्याम्प लगायतका विशेषता दिइएको छ । यी विशेषताले कारको लुक्सलाई निक्कै आकर्षक बनाएको छ ।

स्पेस र कम्फर्ट

यसको लम्बाई ३९९५ एमएम, चौडाई १७४५ एमएम र उचाई १५१० एमएम रहेको छ भने ह्वीलवेश २५२० एमएम र बुट स्पेश ३०९ लिटर रहेको छ । पर्याप्त क्याबिन रहेको यो कारमा सहजै पाँच जना प्यासेन्जर अट्न सक्छन् । यस्तै, यसको रियर सिट निक्कै कम्र्फटेबल रहेको छ । फराकिलो क्याबिन, बुट स्पेश र कम्र्फटेबल सिट भएकै कारण लामो दुरिको यात्राको लागि बलेनो छनौटमा पर्ने गर्छ ।

इन्जिन अप्सन

बलेनोमा तीन ओटा इन्जिन अप्सन उपलब्ध रहेको छ । यसमा १.२ लिटर हाइब्रिड पेट्रोल, स्टायन्डर्ड स्टान्र्डड पेट्रोल इन्जिन र १.३ लिटर डिजेल इन्जिनको विकल्प दिइएको छ । तीन वटै इन्जिनमा ५ स्पीड म्यानुअल गियरबक्स लगाइएको छ । आवस्यकता अनुसारको इन्जिन अप्सनमा कार किन्न सकिने भएकाले पनि यसलाई बढि रुचाइने गरिन्छ ।

माइलेज

बलेनो, आकर्षक माइलेज दिने कारको रुपमा चिनिन्छ । यसमा दिइएको हाइब्रिड पेट्रोल इन्जिनले प्रतिलिटर २८.३७ किलोमिटर माइलेज दिने एआरएआईले प्रमाणित गरेको छ । यस्तै, म्यानुयल गियरबक्स युक्त स्टान्डर्ड पेट्रोल इन्जिनले प्रतिलिटर २१.०१ किलोमिटर र सिभीटी गियरबक्स भएको मोडलले प्रतिलिटर १९.५६ किलोमिटर माइलेज दिनेगर्छ । डिजेल इन्जिनले भने प्रतिलिटर २७.३९ किलोमिटर माइलेज प्रदान गर्छ ।


Back_to_top