काठमाडौं । जीपको आधिकारीक वितरक लाइफ अटोमोवाइलले कम्पास किन्न चाहने ग्राहकलाई १५ लाख १८ हजार डाउन पेमेन्टमा गाडी दिने अफर ल्याएको छ । कम्पनीले यो अफर ‘कम्पास स्पोर्टस प्लस’ भेरियन्टमा मात्रै उपलब्ध रहेको जानकारी दिएको छ ।
अमेरिकी एसयूभी एक्सपर्ट जीपका उत्पादन नेपालमा आएको २ वर्ष पुरा भएको छ । लकडाउन पछि गाडी किन्न चाहनेलाई डाउन पेमेन्टमा सहजता ल्याउन कम्पनीले कम्पासको इन्ट्री लेवल भेरियन्ट ‘कम्पास स्पोर्टस प्लस’मा यस्तो स्कीम ल्याएको हो ।
जीप कम्पासको स्पोर्टस भेरियन्टमा १.४ लिटरको मल्टिएयर टर्बो पेट्रोल इन्जिन रहेको छ । उक्त इन्जिनले १६० ब्रेक हर्स पावर तथा २५० एनएमकोे टर्क जेनरेट गर्छ । अफरोड गाडी निर्माणमा आफ्नो छुट्टै पहिचान बनाउन सफल जीपको पहिलो भारतीय उत्पादन कम्पासको ग्राउण्ड क्लियरेन्स २०६ एमएमको रहेको छ ।
पाँच जना यात्रुले आरामदायी यात्रा गर्न सकिने यस एसयूभीमा ६० लिटर क्षमताको फ्युल ट्याङ्क उपलब्ध रहेको छ । लामो यात्रामा धेरै लगेज बोक्न मिल्ने ४३८ लिटरको विशाल बुट स्पेस यसमा पाउन सकिन्छ ।
सुरक्षाका लागि यस अगाडिको दुबै साइडमा एयरव्याग रहेको छ भने, पछाडिका प्यासेन्जरको लागि पनि एयरव्याग दिइएको छ । एबीएस, इबीडी, ब्रेक असिस्ट, हिल असिस्ट, इलेक्ट्रोनीक स्टेबिलिटी प्रोगाम, ट्रयाक्सन कन्ट्रोल जस्ता फिचरले यसलाई निकै सुरक्षीत बनाएको छ ।
जीप कम्पासमा टिल्ट र टेलिस्कोपिक दुबै तरिकाले एडजस्ट गर्न मिल्ने स्टिेरिङ रहेको छ । अन्य सुविधामा स्टेरिङ माउन्टेड अडियो कन्ट्रोल, इलेक्ट्रीकल्ली एडजस्टेवल रियर भ्यू, हाइट एडजस्टेबल ड्राइभर सिट, फ्रन्ट तथा रियर आर्मरेस्ट, किलेस इन्ट्री पाउन सकिन्नछ । आरामदायी यात्राको लागि एयर कन्डिसन, हिटर जस्ता फिचर उपलब्ध रहेका छन् ।

