निगमले फेरि बढायो पेट्रेलियम पदार्थको भाउ

काठमाडौं । मूल्य बढाएको दुई साता नपुग्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ ।

आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १/१ रुपैयाँ मूल्य वृद्धि गरेको हो ।

अब नयाँ मूल्य अनुसार पेट्रोलको प्रतिलिटर १०५ रुपैयाँ पुगेको छ । यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९१ रुपैयाँ पुगेको छ ।

हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

यसअघि निगमले साउन १८ गते मात्रै पेट्रोलको २ रुपैयाँ, डिजेल र मट्टीतेलको प्रतिलिटर १.५० रुपैयाँले भाउ बढाएको थियो।


Back_to_top