फेरि बढ्यो पेट्रोलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । मंगलबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल २ रूपैयाँले बढेर १०७ रूपैयाँ प्रतिलिटर कायम भएको हो ।

यसअघि पेट्रोलको मूल्य १ सय ५ रूपैया प्रतिलिटर रहेको थियो ।

निगमका अनुसार डिजल मट्टितेल, हवाइ इन्धन तथा खाना पकाउने ग्यासको मूल्य भने बृद्धि गरिएको छैन् ।

इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य बढेको कारण पेट्रोलको मूल्य बृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ ।


Back_to_top