पोलो अटोमेटिक सार्वजनिक, यस्तो छ नेपाल ल्याउने तयारी

काठमाडौं । फक्सवागन पोलो अटोमेटिक भेरियन्टमा सार्वजनिक भएको छ । कम्पनीले ६ स्पीड टर्क कन्भर्टर अटोमेटिक गियरबक्समा ल्याएको नयाँ पोलो हिजो भारतमा सार्वजनिक भएको हो । यो कम्पनीको १.० टिएसआई इन्जिनमा आएको टप भेरियन्ट हो ।

नेपालमा पनि पोलो टिएसआई इन्जिनको साथ सार्वजनिक गर्ने आधिकारीक वितरक पुजा इन्टरनेशनलले तयारी गरिरहेको छ । यस्तोमा चाँडै पोलो अटोमेटिक नेपाली बजारमा पनि आउने अनुमान गर्न सकिन्छ ।

कम्पनीले यसको भारतमा डेलिभरी भने सेप्टेम्बर १५ तारिखबाट गर्ने जनाएको छ । यसमा दिइएको १.० लिटर टिएसआई इन्जिनले ११० पीएस पावर र १७५ एनएम टर्क प्रदान गर्ने छ । यो सेग्मेन्टकै सबैभन्दा पावरफुल इन्जिन भएको कार हो ।

अटोमेटिक भेरियन्टले १६.३५ किलोमिटर प्रतिलिटर माइलेज दिने एआरएआईले प्रमाणित गरेको छ । यस भेरियन्टमा ग्राहकले जिटीआई मोडलको जस्तै सिट, व्ल्याक ओराभीएमएस, एलइडी हेडल्याम्प, ४ एयरव्याग जस्ता थप फिचर प्राप्त गर्ने छन् ।

नेपालमा दशैं अघि नै यसको आधिकारीक बिक्री सुरु हुने अनुमान गर्न सकिन्छ ।


Back_to_top