काठमाडौं । नेपाल आएरपनि आधिकारीक बिक्री सुरु हुन नसकेका कार कहिलेबाट बिक्री सुरु हुन्छ भन्ने अन्योल कायमै रहेको छ । कोभिड १९ को कारण नेपाल आएरपनि बिक्री सुरु हुन नसकेका कारमा हुन्डाई, रेनो, टाटा र डिएसएफके ब्राण्डका रहेका छन् ।
करिब एक महिना अघि नै नेपाल आएरपनि बिक्री सुरु हुन नसकेका कारणमा टाटा अल्ट्रोज, हुन्डाई अउरा, रेनो क्वीड फेसलिफ्ट र डिएफएसके ग्लोरी ५६० रहेका छन् ।
यी कारमा टाटा अल्ट्रोज सबैभन्दा पहिला नेपाल आएको कार हो । यो प्रिमियम ह्याचव्याक कारलाई सिप्रदी ट्रेडिङले सुरुवाति मूल्य ३० लाख राखेर बिक्री सुरु गर्ने तयारी गरिरहेको थियो भने कोभिड संक्रमण उपत्यकामा फैलिएपछि जारी निशेधाज्ञाको कारण यसको बिक्री सुरु हुने मिति तय हुन सकेको छैन ।

अल्ट्रोजमा १.२ लिटर रिभोर्टन पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ६००० आरपीएममा ८६ पीएस पावर र ३३०० आरपीएममा ११३ एनएम टर्क प्रदान गर्ने छ । बजारमा यसले मारुती सुजुकी बलेनो, हुन्डाई आई २० इलाइट जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्ने छ ।
त्यस्तै हुन्डाईको कम्प्याक्ट सेडान कार अउरा नेपाल आइसकेको छ । लक्ष्मी इनटरकन्टिनेन्टल्स प्रालिले यसलाई अगस्ट अन्तिममा बजारमा उतार्ने तयारी गरेको भएपनि निशेधाज्ञाको कारण यसको बिक्री सुरु हुन सकेको छैन ।

अउरामा हुन्डाईले १.२ लिटर कपा पेट्रोल इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ६००० आरपीएममा ८३ पीएस पावर र ४००० आरपीएममा ११६ एनएम टर्क प्रदान गर्ने छ ।
रेनोको इन्ट्री लेवल ह्याचव्याक कार क्वीडको फेसलिफ्ट मोडल पनि एडभान्स अटोमोवाइलले नेपाल ल्याइसकेको छ । जारी निषेधाज्ञाले गर्दा कम्पनीले यसको आधिकारीक बिक्री सुरु गर्न पाएको छैन ।
रेनो क्वीड फेसलिफ्ट मोडलमा १.० लिटर थ्रि सिलिण्डर पेट्रोल इन्जिन दिएको छ । उक्त इन्जिनले ६८ पीएस पावर र ९१ एनएम टर्क प्रदान गर्ने छ ।
कुजु नेपालले ल्याएको मिडसाइज एसयूभी डिएफएसके ग्लोरी ५६० पनि लकडाउनको कारण बिक्री सुरु हुन नसकेको गाडी हो । यसलाई कम्पनीले करिब एक महिना अघि नै नेपाल ल्याइसकेको छ ।
डिएफएसके ग्लोरी ५६० मा १.५ लिटर क्षमताको इन्जिन उपलब्ध रहेको छ । उक्त इन्जिनले ५६०० आरपीएममा १५० पीएस पावर र ४००० आरपीएममा २३० एनएम टर्क प्रदान गर्ने छ ।

