जीप र्‍याङलरको प्लगइन हाइब्रिड मोडल सार्वजनिक, ३७५ हर्स पावरले ग्राहक लोभ्याउने

काठमाडौं । जीप आफरोड एसयूभीको लागि ठूलो ब्राण्ड मानिन्छ । त्यसमा पनि जीप र्‍याङलरले हरेक अफरोड एसयूभी प्रेमीलाई नलोभ्याउने कुरै भएन । यस्तोमा जीपले र्‍याङलरलाई प्लगइन हाइब्रिड मोडलमा बजारमा उतारेको छ ।

हाइब्रिड र्‍याङलरको बिक्री भने सन् २०२१ को सुरुवातबाट हुने कम्पनीले जनाएको छ । यसअघि कम्पनीले रेनेगेट र कम्पासको प्लगइन हाइब्रिड मोडल सार्वजनिक गरिसकेको थियो ।

कम्पनीले डिजाइनमा खासै परिमार्जन नगरि इन्जिनमा मात्रै ठूलो परिवर्तन गरेर नयाँ र्‍याङलरलाई बजारमा ल्याउन लागेको हो । कम्पनीले नयाँ र्‍याङलरमा व्ल्यू कलरको प्रयोग एक्स्टेरियरदेखि इन्टेरियरसम्म विभिन्न ठाँउमा गरिएकाे छ । यसको अलावा रेगुलर मोडलमा कुनै परिमार्जन गरेको छैन ।

नयाँ र्‍याङलरमा २.० लिटर टर्बो पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले २७० बीएच पावर र ४०० एनएम टर्क प्रदान गर्ने छ । यसले इलेक्ट्रीक मोटरसँग मिलेर थप ४४ बीएच पावर र ५३ एनएम टर्क प्रदान गर्ने छ । यसमा रहेको इलेक्ट्रीक मोटरले भने १३४ बीएच पावर र २४५ एनएम टर्क प्रदान गर्छ । यी सबैको कम्बाइन पावर ३७५ बीएच हुन्छ । यसमा ८ स्पीड ट्रान्समिसन दिइएको छ ।

यसमा कम्पनीले १७ किलोवाटको लिथियम आयोन व्याट्री प्रदान गरेको छ । उक्त व्याट्रीलाई सेकेन्ड-रो सिटको मुनी राखिएको छ । साथै, जीपले यसमा प्रयोग भएका सबै इलेक्ट्रोनिक्स पार्टसहरु धुलो र पानी नपस्ने भएको प्रमाणित गरेको छ । यसलाई ३० इन्च गहिरो पानीमा सहजै चलाउन सकिन्छ । यसमा तीन ड्राइभिङ मोड उपलब्ध रहेको छ । जसमा हाइब्रिड, इलेक्ट्रीक र इसेभ रहेका छन् ।

हाइब्रिड मोडमा गाडीलाई चलाउन सुरुगर्न सकिन्छ । व्याट्रीको चार्ज घट्दै गएपछि इन्जिन आफैँ स्टार्ट हुने छ । कम्पनीले यसलाई तीन भेरियन्टमा बजारमा उतार्ने छ । जसमा ‘फोर एक्सई, सहारा फोर एक्सई र रुविकन फोर एक्सई’ रहेका छन् । सबै भेरियन्ट फोर ह्वील ड्राइभ सिस्टम जडित छन् ।

र्‍याङलर नेपाली बजारमा पनि उपलब्ध हुँदै आएको छ । यस्तोमा निकट भविष्यमा यसलाई नेपाली सडकमा पनि गुडेको पाउन सकिने अनुमान गर्न सकिन्छ ।


Back_to_top