काठमाडौं । मारुती सुजुकी जिम्नी आइकोनिक कारको रुपमा चिनिन्छ । जापानी अटो कम्पनी सुजुकीले अहिलेपनि विश्वबजारमा यसको बिक्री वितरण गर्दै आएको छ । कोरोना संक्रमण नफैलिएको भए अहिले नेपालमा पनि जिम्नीको बिक्री सुरु भइसकेको हुने थियो ।
अहिले विश्वमा सबै अटोमोवाइल उत्पादक कम्पनीहरु इलेक्ट्रीक कारको उत्पादनमा कुनै न कुनै रुपमले काम गरिरहेका छन् । यसमा सुजुकीले पनि तत्परता देखाउँदै आएको छ । कम्पनीले भारतमा मारुती सुजुकी वागेनआरको बेसमा इलेक्ट्रीक कारको परिक्षण अन्तिम चरणमा पुर्याएको छ ।

यस्तोमा अटोमोवाइल डिजाइनरका विद्यार्थीहरु राफेल एनले, निकोल बिटिन्ली, फिरोन्जो फिरिन्टीनो र फाब्रिजियो लुक्यानो मिलेर सुजुकीको आइकोनिक एसयूभी जिम्नीको इलेक्ट्रीक डिजाइन तयार गरेका छन् । उनिहरुले यसको नाम ‘सुजुकी यूःम्यान’ कन्सेप्ट राखेका छन् ।
यसलाई सुजुकले निकै चासोका साथ लिएको र ती विद्यार्थीसँग मिलेर काम अगाडि बढाउने तयारी गरेको बताइएको छ ।
यस्तो छ यूःम्यान कन्सेप्ट
जिम्नीको जस्तै यसलाई बक्सी डिजाइनमा तयार गरिएको छ । यसको अगाडिको भाग निकै स्पोर्टी डिजाइनमा तयार पारिएको छ ।
हेडलाइटलाई निकै मोर्डनमा प्लेसिङ गरिएको छ । निकै मस्कुलर देखिएको ६ स्पोक ह्वील यस कन्सेप्टमा देखाइएको छ । यसको छाना पूर्णत सिसाबाट बनेको छ । यसले गाडी चढ्नेलाई फरक किसिमको फिल प्रदान गर्ने डिजाइनहरुले विश्वास लिएका छन् ।
यसको भित्री भागमा पनि क्लासिक रुपलाई निरन्तरता दिइएको छ । ड्यसबोर्ड माथि डिस्प्ले लगाइएको छ । वायरलेस चार्जिङ, एडभान्स कनेक्टीभीटी जस्ता फिचर रहने छन् । यसलाई ४ सिट क्षमताका डिजाइन गरिएको छ । तर, ५ जनालेसम्म यसमा यात्रा गर्न सक्ने छन् ।
यो एउटा कन्सेप्ट कारलाई बिद्यार्थीहरुले केस स्टडिका रुपमा तयार गरेका हुन् । त्यसैले यसमा लाग्ने अन्य फिचर, पावर, व्याट्री, मोटर लगायत विषयमा कुनै जानकारी दिएको छैन ।


