काठमाडौं । प्रिमियम मोटरसाइकल ब्रान्ड हस्कभर्ना काठमाडौंको केटीएम शोरुममा देखिएको छ । यसलाई आगामी हप्ता नेपालमा सार्वजनिक गर्ने कम्पनीले जनाएको छ ।
भारतीय बजारमा जस्तै नेपालमा समेत केटीएम मोटरसाइकलको शोरुममा मार्फत यसको बिक्री हुनेछ । हस्कभर्ना नेपालमा केटीएम मोटरसाइकल बिक्रेता कम्पनी हंशराज हुलास चन्द एण्ड कम्पनीले ल्याएको हो ।
सुरुमा हस्कभर्ना २५० ट्वीनको नेपालमा बिक्री सुरु हुने छ । जसमा हस्कर्भा स्र्भटपिलेन २५० र भिट्पिलेन २५० मोडल रहेका छन् । केटीएमको नक्साल शोरुममा हस्कभर्नाको लोगो सहित नयाँ डिजाइन गरिएको छ । कम्पनीले उक्त शोरुममा हस्कभर्नाको एक मोडलमात्र कभर गरेर राखेको छ ।

यी दुबैमा समान २४८.८ सीसी इन्जिन रहेको छ । भिट्पिलने २५० ले ३१ बीएच पावर तथा २४ एनएम टर्क जेनेरेट गर्छ । यस्तै स्भर्टपिलेनमा रहेको इन्जिनले अधिकतम ९००० आरपीएममा २९.५ हर्सपावर र ७५०० आरपीएममा २४ एनएम टर्क प्रदान गर्छ ।
स्वीडीस मोटरसाइकल हस्कभर्नाले १९०३ देखि मोटरसाइकल उत्पादन सुरु गरेको थियो । हस्कभर्ना मोटरक्रस एरिनामा लेजेन्ड्री मोटरसाइकलको रुपमा परिचित रहेको छ ।

यी मोटरसाइकलमा डब्ल्यूपी एपेक्स यूएसडी सस्पेन्सन, बोस्च ब्रान्डको डबल डिस्क, डबल च्यानल स्यान्डर्ड एबीएस, एलइडी हेडल्याम्प, एलइडी टेल ल्याम्प, १७ इन्च कास्ट आल्मुनियम ह्वील जस्ता बिशेषता दिएको छ । नेपालमा भने यसको मूल्य नेपालमा ६ लाखभन्दा कम हुने अनुमान रहेको छ ।

