मारुती सुजुकीका कारमा ३ लाख ५० हजारसम्म छुट, थोरै डाउन पेमेन्टमा पनि किन्न सकिने

काठमाडौं । मारुती सुजुकीको आधिकारीक वितरक सिजी मोटोकर्पले दशैं तिहार लक्षित अफर योजना सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको अफर योजनामा ३ लाख ५० हजारसम्म नगद छुट दिने अफर गरेको हो ।

‘हामीले मोडल अनुसारको नगद छुट स्कीम संचालनमा ल्याएका छौं । यो दशैं तिहारमा सुजुकीका गाडी किन्ने ग्राहकले ३ लाख ५० हजारसम्म नगद छुट पाउने छन्’, कम्पनीका मार्केटिङ मेनेजर करुण शाक्यले भने ।

सिजी मोटोकर्पले ग्राहकलाई २० प्रतिशत डाउन पेमेन्टमा नै गाडी दिने योजनालाई निरन्तरता दिएको छ । साथै कम्पनीले २ लाखसम्म एक्सचेन्ज बोनस, एक वर्षको बीमा र थप एसोररिजहरु दिने जनाएको छ ।


Back_to_top