काठमाडौं । चाडपर्व नजिकिएसँगै विभिन्न मोटरसाइकल बिक्री गर्ने कम्पनीहरुले ग्राहक केन्द्रित योजना सर्वाजनिक गरिरहेका छन् । अहिलेसम्म बजाज, होन्डा, यामाहा, टीभीएस, हिरो, सुजुकी लगायत कम्पनीले स्कीम घोषणा गरेका छन् ।
कम्पनीहरुले घोषणा गरेको अफर योजनामा सबैभन्दा बढी नगद छुट सुजुकीले दिने छ भने धेरै बिक्री गर्ने ब्राण्डमा बजाजले सबैभन्दा धेरै नगद छुटको घोषणा गरेको छ । त्यस्तै सबैभन्दा कम नगद छुट दिनेमा होन्डा रहेको छ ।
सुजुकीले आफ्ना उत्पादनमा १२ हजार नगद छुट दिने जनाएको छ । त्यस्तै बजाजले १० हजार नगद छुटको स्कीम दिएको छ । बजाजले ग्राहकलाई आफ्नो आवश्यकता अनुसारको शून्य प्रतिशत व्याजदर, २० प्रतिशत डाउन पेमेन्ट जस्ता अफर पनि दिने घोषणा गरेको छ ।
त्यसैगरि टीभीएसले नगद ८ हजार रुपैयाँ छुट स्कीम ल्याएको छ । साथै, कम्पनीले शून्य प्रतिशत व्याजमा मोटरसाइकल खरिद गर्न सक्ने योजना समेत ल्याएको छ ।
यामाहाले पनि समान ८ हजार रुपैयाँ छुटको व्यावस्था मिलाएको छ । कम्पनीले एक्सचेन्ज मार्फत मोटरसाइकल किन्दा थप १५ हजार मूल्याङकन दिने जनाएको छ ।
हिरो मोटरसाइकल बिक्रेता कम्पनी एनजीएम हिरोले मोटरसाइकल तथा स्कुटरमा ५ हजार रुपैयाँ नगद छुटको स्कीम सार्वजनिक गरेको छ । स्क्र्याच कार्ड मार्फत ५ हजारदेखि १ लाखसम्म जित्न सक्ने छन् ।
सबैभन्दा कम नगद छुटको अफर ल्याएको होन्डाले ४ हजार रुपैयाँ छुट दिने स्कीम ल्याएको छ । कम्पनीले स्क्र्याचकार्ड मार्फत उक्त छुट प्रदान गर्ने कम्पनीले जनाएको छ । स्क्र्याचकार्ड मार्फत ग्राहकले ४ हजारदेखि १ लाखसम्म नगद छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
होन्डाले यसका अलावा १ रुपैयाँ डाउन पेमेन्ट, १ प्रतिशत व्याज, १ रुपैयाँ मासिक किस्ता, ७ बर्षसम्म पार्टसमा ७ प्रतिशत छुट जस्ता अफर रहेको छ ।

