काठमाडौं । नेपाली बजारमा एबीएस फिचर भएका मोटरसाइक भित्रने क्रम बढ्दो रहेको छ । १५० सीसी सेग्मेन्टमा विभिन्न कम्पनीले ४ मोटरसाइकल विक्री गर्दै आइरहेको छन् ।
भारतमा लागू भएको बीएस६ मापदण्डमा कारण १२५ सीसीभन्दा माथिका मोटरसाइकल तथा स्कुटरमा एबीएस अनिवार्य रहेको छ । यससँगै नेपालमा समेत एबीएस सुविधा भएको मोटरसाइकल भित्रन थालेका हुन् ।
पछिल्लो समय नेपालमा १५० सीसी सेग्मेन्टका धेरै मोटरसाइकलमा एबीएस फिचर भएका मोटरसाइकल भित्रने क्रम बढ्दै गएको छ ।
अहिले यामाहा एफजेड भी थ्री, सुजुकी जिक्सर १५०, बजाज पल्सर एनएस १६०, टीभीएस आरटीआर १६० फोर भी जस्ता मोटरसाइकलमा एबीएस फिचर भएको मोटरसाइकल नेपालमा विक्री भइरहेको छ ।
यामाहा एफजेड भी थ्रीमा १४९ सीसी, पल्सर एनएसमा १६० सीसी, जिक्सरमा १५५ सीसी र आरटीआरमा १६० सीसी क्षमताको इन्जिन दिइएको छ । यी चार मध्ये आरटीआर १६० फोर भीले सबैभन्दा बढी पावर प्रदान गर्छ । आरटीआर १६० फोर भीले ले १६ बीएच पावर ८००० आरपीएममा, एनएसले ८५०० आरपीएममा १५.१ बीएच, जिक्सरले १३.९ बीएच र एफजेड भी थ्रीले १३ बीएच पावर प्रदान गर्ने कम्पनीले दाबी गरेका छन् ।

एफजेड भी थ्री र जिक्सरमा एफआई इन्जिन दिइएको छ भने एनएस १६० र आरटीआर १६० फोरभीमा काब्रुरेटर इन्जिन रहेको छ ।
पल्सर एनएस १६० र जिक्सरमा वेट मल्टीप्लेट क्लच दिइएको छ भने एफजेड भि थ्रीमा वेट मल्टी डिस्क ब्रेक दिइएको छ । यी तीन वटै मोटरसाइकलमा ५ स्पीड गियरबक्स उपलब्ध रहेको छ ।
यी सबै मोटरसाइकलमा अगाडि टेलिस्कोपिक फर्क दिइएको छ भने पछाडि एफजेडभी थ्री र जिक्सरमा स्वीङआर्म र एनएस र आरटीआरमा मोनोशक सस्पेन्सन दिइएको छ ।
एफजेड भी थ्री, आरटीआर १६० फोर भी र जिक्सरमा एलइडी हेडलाइट र एनएस १६० मा बल्ब टाइप एमएफआर हेडलाइट दिइएको छ ।
यी मध्य तिन बटा मोटरसाइकलमा डिजिटल कन्सोल रहेको छ भने, एनएसमा सेमी डिजिटल कन्सोल रहेको छ ।
यी सबै मोटरसाइकलमा सबैभन्दा कम मूल्यमा पल्सर एनएस १६० किन्न सकिने छ । एचएच बजाजले विक्री गर्दै आएको यो मोटरसाइकलको मूल्य २ लाख ९० हजार ९०० रुपैयाँ तोकिएको छ ।
त्यसैगरी यामाहाको आधिकारीक वितरक एमएडब्ल्यू इन्टरप्राइजेज्ले एफजेड भी थ्रीको मूल्य ३ लाख २३ हजार ९०० र सुजुकीको आधिकारीक वितरक भिजी सुजुकीले जिक्सर १५० को मूल्य ३ लाख २५ हजार रुपैयाँ तोकेको छ भने आरटीआर १६० फोर भी एबीएस भर्सनको मूल्य ३ लाख ५ हजार ९०० रुपैयाँ तोकिएको छ ।

