फोर्डको नयाँ एमपीभी आउदै

काठमाडौं । फोर्ड इन्डियाले नयाँ एमपीभी बजारमा ल्याउने भएको छ । कम्पनीले २०२१ मा बजारमा ल्याउने नयाँ एमपीभी महिन्द्रा मराजोको प्ल्याटफर्ममा तयार गरिरहेको हो । यसको आधिकारीक तस्विर अटोकार इन्डियाले प्रकाशन गरेको छ ।

महिन्द्रा र फोर्डको सहकार्यमा थुप्रै नयाँ मोडलको तयारी गरिरहेको फोर्डले आफ्नो पहिलो एमपीभी बजारमा ल्याउने अनुमान गरिएको छ । मराजोमा महिन्द्राले एमहक २.२ लिटरको इन्जिन दिएको भएपनि फोर्डले नयाँ एमपीभीमा १.५ लिटर टर्बो इन्जिन दिने छ ।

महिन्द्रा मराजोको प्ल्याटफर्ममा निर्माण भइरहेको भएपनि यो एमपीभीको इन्टेरियर डिजाइनमा ठूलो परिमार्जन रहने अनुमान गरिएको छ । फोर्डको स्टायडर्डमा तयार हुने एमपीभीमा नयाँ इन्फोटेन्टमेन्ट सिस्टम, प्रिमियम सिट, थप सुरक्षा फिचरको साथ आउने छ । यसको सिधा प्रतिस्पर्धा टोयोटा इनोभा क्रिस्टासँग हुने अनुमान गरिएको छ ।


Back_to_top