विन्टर अफर अन्तर्गत एउटै मोटरसाइकलमा १ लाख ५० हजार बराबरको छुट

काठमाडौं । जाडो मौसम सुरु भएसँगै हार्ले डेभिड्सनले विन्टर अफर सार्वजनिक गरेको छ । कम्पनीले हरेक मोटरसाइलको खरिदमा १ लाख ५० हजार बराबरको छुट स्कीम प्रदान गर्ने योजना ल्याएको हो ।

कम्पनीका अनुसार हार्ले मोटरसाइकल खरिद गर्दा १ लाख ५० हजार बराबरको एसोशरिज निःशुल्क प्राप्त गर्न सकिने छ ।

ग्राहकले एशोसरिज अन्तर्गत हेल्मेट, हार्लेको राइडिङ ग्लभ्स, कष्टमाइजेशन पार्टस्, हार्ले राइडिङ गियर र स्याडल ब्याग जस्ता १ लाख ५० हजार बरावरको एशोसरिज निःशुल्क प्राप्त गर्नेछन् । कम्पनीका अनुसार यो स्कीममा हरेक हार्लेको ग्राहकले ‘हार्ले ओनर ग्रुप’को सदस्यता समेत निःशुल्क प्राप्त गर्नेछन् ।

अमेरिकी मोटरसाइकल हार्ले मोटरसाइकल विगत तीन वर्षदेखि नेपाली बजारमा विक्री भइरहेको छ । हार्लेलाई नेपाली बजारमा आइएमई ग्रुप अन्तर्गतको आइएमई मोटर्सले नेपाल भित्र्याएको हो ।

हार्लेले नेपालमा भारतमा उत्पादन भएका हार्ले ७५० सिरिज र आइरन ८८३ विक्री गर्दै आइरहेको छ भने, ग्राहकको बुकिङ अनुरुप हार्लेका जुन कुनैपनि मोटरसाइकल खरिद गर्न सक्ने छन् ।


Back_to_top