उत्कृष्ट एड्भेञ्चर बाइक खाेज्नेलाई ‘होन्डा सिआरएफ २५० र्‍याली’

काठमाडौं । नेपालमा एड्भेञ्चर मोटरसाइकलको बिक्री बढ्दै गएको छ । अहिले बजारमा उपलब्ध विभिन्न कम्पनीका एड्भेञ्चर मोटरसाइकल ४ लाख रुपैयाँदेखि नै खरिद गर्न सकिन्छ । तर, मूल्यमा महंगो भएपनि यो सेग्मेन्टमा होन्डा सिआरएफ २५० र्‍याली सबैभन्दा उत्कृष्ट मोटरसाइकल मानिन्छ ।

जापानी मोटरसाइकल निर्माता कम्पनी होन्डाको नेपालका लागि आधिकारीक वितरक स्याकार ट्रेडिङले नेपाली बजारमा सीआरएफ २५० र्‍याली मोडलको बिक्री गर्दै आएको छ ।

प्रिमियम मोटरसाइकल सेग्मेन्टमा केटीएम, बिएमडब्ल्यू, एसडब्ल्यूएम, क्रसफायर जस्ता ब्राण्डसँग एड्भेञ्चर मोटरसाइकल रहेका छन् ।

अन्तर्राष्ट्रिय बजारमा नै उत्कृष्ट सावित भएको सीआरएफ २५० र्‍याली आकर्षक डिजाइन, लाइट वेट, पावर जस्ता कुराले अब्बल सावित भएको हो ।

२४९ सीसी सिगंल सिलिन्डर, फोर स्ट्रोक, एफआई, लिक्वीड कूल्ड डीओएचसी इन्जिन होन्डा सीआरएफमा रहेको छ । उक्त इन्जिनले ८५०० आरपीएममा २४ हर्स पावर तथा ६७५० आरपीएममा २२ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।

सिआरएफ २५० को टप स्पीड क्षमता १२४ किलोमिटर प्रतिघन्टा रहेको छ । यसको फ्रन्टमा २१ इन्च तथा रियरमा १८ इन्च स्पोक ह्वील रहेको छ । यसमा १० लिटरको फ्यूल ट्याङ्क दिइएको छ ।

यसको लम्वाई २२१० एमएम, चौडाई ९०० एमएम र उचाई १४२५ एमएम रहेको छ भने यसको ग्राउन्ड क्लियरेन्स २७० एमएम रहेको छ । यसमा १४५५ एमएमको ह्वीलवेस दिइएको छ ।


Back_to_top