टाटाले शुक्रबार र शनिवार ‘व्लेजिङ फेस्ट’ गर्ने, गाडी किन्नेलाई अफरै अफर

काठमाडौं । टाटा मोटर्सको नेपालको लागि आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले ‘डिसेम्बर व्लेजिङ फेस्ट’ आयोजना गर्ने भएको छ । कम्पनीले भोलि शुक्रबार र पर्सि शनिवार उक्त कार्यक्रम आयोजना गर्ने भएको हो ।

कम्पनीले अयोजना गर्ने व्लेजिङ फेस्टमा ग्राहकले गाडीको टेस्ट ड्राइभ, एक्सचेन्ज सुविधा लगायतमा विशेष अफर पाउने छन् ।

सिप्रदी ट्रेडिङले डिसेम्बर व्लेजिङ फेस्टको मुख्य आकर्षण भन्दै हरेक टेष्ट ड्राइभमा आकर्षक गिफ्ट ह्याम्पर प्रदान गर्ने जनाएको छ । आकर्षक नगद छुट, एक्सचेन्जमा ५० हजारसम्मको बोनस, १ वर्षको सडक दस्तुर, ग्राहकलाई रिफ्रेसमेन्ट जस्ता अफर गरेको छ ।

कम्पनीले काठमाडौंको थापाथली शोरुममा यो क्याम्प संचालन गर्ने जनाएको छ । उक्त कार्यक्रम दुबै दिन बिहान १० बजेदेखि बेलुक ६ बजेसम्म संचालन हुने छ ।

टाटाले अहिले बजारमा टियागो, टिगोर, नेक्सन, एच५, अल्ट्रोज, एनआरजी लगायतका मोडलको बिक्री वितरण गर्दै आएको छ ।


Back_to_top