यामाहा MT 09 को नेपालमा बिक्री सुरु हुँदै, यस्ता छन् विशेषता

काठमाडौं । यामाहा मोटरसाइकलको आधिकारीक वितरक एमएडब्ल्यू इन्टरप्राइजेज्ले यामाहा MT 09 मोटरसाइकल नेपाल ल्याउने भएको छ । कम्पनी स्रोतका अनुसार यामाहाले छिट्टै MT 09 को नेपालमा विक्री सुरु गर्ने छ ।

यामाहाको एमटी सिरिज विश्वमा नै निकै सफल सिरिजमा पर्छ । उक्त सिरिजको MT 15 नेपाली बजारमा पनि बिक्री हुँदै आएको छ ।

नेकेड अग्रेशिप स्टाइलमा निर्माण भएको MT 09 मोटरसाइलमा ट्वीन पोड एलइडी हेडलाइट, सिङ्गल पिस ह्यान्डलबार, एलइडी टेल लाइट, कन्भेक्सनल ब्लिन्कर्सजस्ता विशेषता दिइएको छ । यसमा १४ लिटर क्षमताको फ्यूल ट्याङ्की रहेको छ ।

MT 09 मा ८४७ सीसीको इनलाइन थ्री सिलिन्डर, फोर स्ट्रोक लिक्विड कुल्ड, डीओएचसी इन्जिनको प्रयोग गरिएको छ । जसले अधिकतम १० हजार आरपीएममा ११३ पीएस पावरका साथै, ८५०० आरपीएममा ८७.५ एनएम टर्क उत्पादन गर्छ । उक्त इन्जिनमा ६ स्पीड गियरबक्स लगाइएको छ भने, क्विक सिफ्ट सिस्टम दिइएको छ ।

मोटरसाइकलमा स्लिपर क्लचसँगै असिस्ट, ट्राक्सन कन्ट्रोल सिस्टम, एबीएसको विशेषता दिइएको छ । यसको कुल तौल १९३ किलोग्राम रहेको छ । अगाडि २९८ एमएमको डबल डिस्क र पछाडि २४५ एमएम सिंगल डिस्क ब्रेक पाउन सकिन्छ ।


Back_to_top