काठकाडाैं । एनटर्क १२५ को बीएस ६ भर्सन पहिलो पटक काठमाडौंमा देखिएको छ । यससँगै बीएस ६ एनटर्क १२५ छिट्टै नेपाली बजारमा सार्वजनिक हुने अनुमान गरिएको हो ।
बानेश्वर–बालकुमारी सडकमा देखिएको स्कुटरमा एफआईको स्टीकर देखिएको छ । कम्पनी स्रोतका अनुसार नेपाली बजारमा बीएस ६ एनटर्क सार्वजनिक गर्ने तयारी थालिएको छ ।
नेपाली बजारमा लोकप्रिय रहेको स्कुटर केही समय अगाडि सर्वाधिक विक्री हुने प्रिमियम स्कुटर भएको थियो ।
नेपाली बजारमा एनटर्क १२५ को माग उच्च रहेको छ । हाल बीएस ४ इन्जिन विक्री भइरहेको एनटर्क १२५ बीएस ६ नेपाली बजारमा प्रतिक्षित स्कुटर रहेको छ ।
यस्तो छ एनटर्क १२५ बीएस ६
बीएस ६ एनटर्क १२५ मा १२४.८ सीसी, ३ भल्भ, एयरकुल्ड, एफआई इन्जिन रहेको छ । यो इन्जिनले ७००० आरपीएममा ९.१ बीएच पावर तथा ५५०० आरपीएममा १०.५ एनएम टर्क जेनेरेट गर्छ । अपडेटेड स्कुटरमा ०.८ लिटर इन्धन क्षमता थप गरिएको छ । बीएस ६ एनटर्कमा ५.८ लिटर इन्धन राख्न सकिने भएको छ ।
यो स्कुटरमा टीभीएस स्मार्ट कनेक्टको सहायतामा नेभिगेसन, अन्तिम समयमा पार्किङ गरेको स्थान, कल तथा एसएमएस नोटिफिकेसन जस्ता फिचर रहेको छ । यसका अलावा यसमा राइड स्टाटिस्टीक्स, ल्याप टाइमर, ०–६० एशेलेरेसन टाइमर तथा मोड परिवर्तन गर्न सकिने छ ।
सस्पेन्सलाई कम्पनीले बीएस–४ बाट नै निरन्तरता दिएको छ । फ्रन्टमा टेलिस्कोपिक तथा रियरमा ग्यास चार्जड मोनोसक सस्पेन्सन रहेको छ । यो स्कुटरको फ्रन्टमा २२० एमएमको डिस्क ब्रेक रहेको छ भने रियरमा १३० एमएम ड्रम ब्रेक रहेको छ ।
यसमा फुल डिजिटल एलसीडी कन्सोल, फुल एलइडी हेडलाइट तथा टेल लाइट जस्ता फिचर रहेको छ ।

