रिकन्डिसन मोटरसाइकलको मूल्य बढ्यो, यी हुन् धेरै खोजिने मोटरसाइकल

काठमाडौं । लामो समयको लकडाउन पश्चात् खुलेको अटो बजारमा नयाँ मोटरसाइकल अभाव भएसँगै रिकन्डिसन बजारमा पाउने मोटरसाइकल तथा स्कुटरको मूल्य आकाशिएको छ ।

पछिल्लो दिनमा नयाँ मोटरसाइकल बजारमा अभाव देखिएको छ । अहिले होन्डा, यामाहा, हिरो, टीभीएस जस्ता कम्पनीका मोटरसाइकल अभाव देखिएको हो ।

नयाँ मोटरसाइकलको बजारमा अभावसँगै रिकन्डिसन बजारमा पुनः चहलपहल सुरु भएको छ । तर, नयाँ मोटरसाइकल विक्रेता कम्पनीसँग मोटरसाइकल अभाव हुँदा रिकन्डिसन हाउसमा आउने पुरानो मोटरासइकल पनि न्यून भएका विक्रेताहरु बताउँ छन् ।

उपत्यकामा खुलेका रिकन्डिसन हाउसहरु बीच पनि तिब्र प्रतिस्पर्धा रहेको छ । उनिहरु बीचको प्रतिस्पर्धाले कम्पनीहरुले पुराना मोटरसाइकल पाउनै मुस्किल भएको छ । एउटा माटरसाइकल शोरुममा ५/६ जना कर्मचारी रहेका छन् । यस्तोमा कर्मचारीलाई काम नै दिन पनि महंगोमा मोटरसाइकल उठाउनु पर्ने अवस्था आएको विक्रेताहरुको भनाई छ ।

रिकन्डिसन हाउस बीचको तिब्र प्रतिस्पर्धा र कर्मचारीलाई काम दिनु पर्ने वाध्यताले महंगो मूल्यमा मोटरसाइकल उठाउनु पर्ने अवस्था आएको छ । यसरी महंगोमा किनिएको मोटरसाइकलमा केहि नाफा राखेर ग्राहकलाई दिदा महंगो भयो भन्छन्’, मध्य बानेश्वरमा ११ बर्षदेखि रिकन्डिसन चलाउँदै आएका एक संचालक भन्छन् ।

राम्रा मोटरसाइकल बजारमा पाउनै नसकिने अवस्था आएको बताउँदै रोयल अटोका संचालक साजन श्रेष्ठ भन्छन्, ‘मोटरसाइकल बजारमा पाउनै गाह्रो छ । राम्रो मोटरसाइकल रिकन्डिसन हाउसमा आउने बित्तिकै विक्री भइहाल्छ । यामाहा एफजेड र होन्डा डिओ बजारमा पाउनै सकिदैन । ग्राहकले ५/१० हजार बढि तिरेर लैजान्छन् ।’

त्यस्तै मध्य बानेश्वरमा रुदाक्ष अटोका संचालक रोशन श्रेष्ठका अनुसार माग धेरै भएका कारण रिकन्डिसन मोटरसाइकल तथा स्कुटरको मूल्य बढ्दै गएको छ । पहिला ३० हजारदेखिका मोटरसाइकल स्कुटर आउथे भने अहिले ५० हजारभन्दा तलका मोटरसाइकल स्कुटर पाउनै गाह्रो भएको छ ।

पछिल्लो समय नेपाली बजारमा यामाहा एफजेड र होन्डा डिओको माग बढ्दो रहेको छ । त्यस्तै बजाज पल्सर १५० र होन्डा साइनको मागपनि रिकन्डिसन बजारमा राम्रो रहेको संचालकहरु बताउँछन् ।

काठमाडौंका रिकन्डिसन हाउसहरुमा हिरो एक्सपल्स २०० समेत आउन थालेको छ । बजाज पल्सर २२०, हिरो स्पेन्डर, होन्डा एभिएटर, एनएस २०० रिकन्डिसन हाउसबाट सजिलै विक्री हुने गरेको समेत संचालकहरुको भनाई छ ।

कोरोनाका कारण समेत नेपालमा दुइपाङ्ग्रे तथा ४ पाङ्ग्रे सवारी साधनको माग बढी रहेको छ । कम आम्दानी भएका दैनिक काममा जानु पर्नेको रोजाईमा रिकन्डिसनका सावरीसाधन पर्ने गरेको पाइन्छ ।


Back_to_top