काठमाडौंको वातावरण प्रदुषण रोक्न मैले दिगोको इलेक्ट्रीक कार रोजेः मदनकृष्ण श्रेष्ठ

काठमाडौं । दिगो ग्रुपले आफ्नो ब्राण्ड एम्बेस्डरमा चर्चित कलाकार तथा सामाजिक अभियन्ता मदनकृष्ण श्रेष्ठलाई नियुक्त गरेको छ । आज एक कार्यक्रम गर्दै कलाकार श्रेष्ठलाई ब्राण्ड एम्बेस्डर नियुक्त गरेको दिगो ग्रुपले जानकारी दिएको हो ।

कार्यक्रममा बोल्दै ब्राण्ड एम्बेस्डर श्रेष्ठले भने, ‘हिजो काठमाडौंको वातावरण संसारकै धेरै प्रदुषित भएको थियो, आज दिगो ग्रुपले ल्याएको विद्युतीय कारको ब्राण्ड एम्बेस्डर बनेको छु । यसले यहाँको वातावरण सुधारमा सहयोग गर्ने छ ।’

श्रेष्ठले आफ्नो सम्बोधनमा नेपालमा कुनैपनि कुरा दिगो बन्न सकेको छैन । कम्तीमा वातावरण र अटोमोवाइल क्षेत्रमा दिगो ग्रुप बलियो बन्न सकोस् भन्ने भनाई राखेका थिए ।

उनले सरकारले विद्युतीय कारमा लगायको भन्सार, अन्तःशुल्क पहिलेकै अवस्थामा ल्याएर साना गाडी किन्न खोजनेलाई विद्युतीय कारमा प्रेरिरत गर्नु पर्ने बताए । ‘नेपालमा विजुली उत्पादन बढेको छ । तर, पेट्रोल तथा डिजेल आयात पनि बढी रहेको छ । यस्तोमा विद्युतीय कारको विक्री बढाएर विद्युतको प्रयोग बढाउनु पर्छ’, श्रेष्ठले भने ।

कार्यक्रममा दिगो ग्रुपका चेयरम्यान मनोज गोयलले विद्युतीय सवारी साधनको प्रयोग बढाउने सहि समय आएको बताउँदै आफुहरु ग्राहकको चाहना अनुसारको विद्युतीय गाडी आयामा काम गर्न प्रतिवद्ध रहेको बताए ।

‘हामी प्रयास गरिरहेका छौं । यो प्रयासमा सबैको मन र मुटुमा बस्न सफल हुनु भएको मदनकृष्ण श्रेष्ठ जस्तो व्यक्तिलाई ब्राण्ड एम्बेस्डर पाएका छौं । यसले भोलिका दिनमा हाम्रो ब्राण्डको विश्वनियतामा ठूलो महत्व राख्छ’, गोयलले भने ।

दिगो ग्रुपका सीइओ हेमन्त पुरानिकले विद्युतीय गाडीको प्रवद्र्धनमा मदनकृष्ण श्रेष्ठको साथले आफुहरु उत्साहित भएको बताउँदै भने, संचालन खर्च कम, सर्भिस खर्च न्यून र नेपाली विद्युतबाट चल्ने सवारी भएकाले विद्युतीय सवारी नेपालको लागि उत्कृष्ट रहेको दाबी गरेका थिए ।


Back_to_top