आक्रमक बजार विस्तारको रणनीति बनाउँदै प्रोटोन, नयाँ एसयूभी ल्याउने तयारी सुरु

काठमाडौं । मलेसियन ब्राण्ड प्रोटोनले उत्पादन नेपाली बजारमा आएको छ । प्रोटोनको आधिकारीक वितरक जगदम्बा मोटर्सले प्रोटोनका उत्पादन नेपालमा विक्री सुरु गरेको हो । कम्पनीले यसको आधिकारीक लञ्च भने आगामी बुधबारबाट सुरु गर्दैछ ।

नेपाली बजारमा कम्पनीले पहिलो कारको रुपमा सागा सेडान ल्याएको छ । विशेषत सुरक्षा फिचरमा जोड दिइएको सागा सेग्मेन्टमा नै सुरक्षीत कार रहेको कम्पनीले दावी गरेको छ । सागाले क्रयास टेष्टमा ४ स्टार एनक्याव रेटिङ प्राप्त गरेको छ ।

‘प्रोटोनको मुख्य चासो चालक र यात्रुको सुरक्षा हो, यसमा कुनै सम्झौँता कम्पनीले गरेको छैन । हामीले ग्राहकलाई कम मूल्यमा उत्कृष्ट कारको अफर गरेका छौं’, जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दिपककुमार अग्रवालले भने ।

कम्पनीले अहिले बजारमा ल्याएको सेडान कार सागाको म्यानुयल भेरियन्टको मूल्य ३५ लाख ५० हजार र अटोमेटिक भेरियन्टको मूल्य ३९ लाख ५० हजार रुपैयाँ तोकेको छ ।

अग्रवालका अनुसार कम्पनीको प्राथमिकता गाडी विक्री मात्र रहेको छैन । विक्रीपछिको सेवामा धेरै काम गरिरहेको छ । त्यसको लागि सुविधा सम्पन्न सर्भिस सेन्टर निर्माण भइरहेको उनले बताए ।

प्रोटोनले चिनीयाँ कम्पनी जिली र स्विडेनको चर्चित ब्राण्ड भोल्भो किनेर त्यसको टेक्नोलोजी प्रोटोनमा दिन थालेकाले पनि यसको प्रिमियम ब्राण्डमा रुपान्तरण हुने यात्रा सुरु भएको अग्रवाल बताउँछन् ।

‘प्रोटोनले अब ल्याउने नयाँ एसयूभी एक्स७० भोल्भोका धेरै टोक्नोलोजी प्रयोग भएर आउने छन्, त्यसले नेपाली एसयूभी पारखीहरुलाई लोभ्याउने छ’, अग्रवालले भने ।

बजारमा रहेका अन्य ब्राण्डसँग सिधा प्रतिस्पर्धामा उत्रनेगरि जगदम्बा मोटर्सले सन् २०२१ भित्रै एक्स ५० एसयूभी पनि बजारमा ल्याउने तयारी गरिरहेको छ । नेपाली ग्राहकको मागपनि एसयूभीमा धेरै रहेकाले कम्पनीले एसयूभीको विक्रीलाई प्राथमिकतामा राखेर अगाडि जाने देखिन्छ ।

यस्तो छ एक्स–७०

अन्तर्राष्ट्रिय बजारमा विभिन्न ४ भेरियन्टमा विक्री वितरण भइरहेको ‘एक्स ७०’ टु ह्वील ड्राइभ सिस्टम भएको एसयूभी हो । यसको स्टायडर्ड, एजुकेटीभ, प्रिमियम र प्रिमियम एक्स भेरियन्ट बिक्री वितरण हुँदै आएको छ । तर, नेपालमा कुन भेरियन्ट आउँछ भन्ने विषयमा कम्पनीले जानकारी दिएको छैन ।

एक्स ७० को स्टायडर्ड भेरियन्टमा ६ वटा एयरव्याग, १७ इन्चको अलोय ह्वील, फेब्रिक सिट, ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ६ स्पीकर, रियर भ्यू क्यामेरा जस्ता फिचर दिइएको छ ।

एजुकेटीभ भेरियन्टमा एलइडी हेडल्याम्पको साथमा डे टाइम रनिङ लाइट, १८ इन्च अलोय ह्वील, पावर टेलगेट, अगाडि वेलकम ल्याम्प, लेदर सिट, ८ स्पीकर, ३६० डिग्री क्यामेरा जस्ता फिचर पाउन सकिन्छ ।

प्रिमियम भेरियन्टमा एड्भान्स ड्राइभर एसिस्टेन्स, टायर प्रेसर मोनिटर, १९ इन्चको अलोय ह्वील, फुट सेन्सर सहितको पावर टेलगेट, प्रिमियम लेदर सिट, अगाडिको यात्रुको लागि पावर सिट, ९ वटा स्पीकर जस्ता फिचर उपलब्ध रहेको छ । प्रिमियम एक्स भेरियन्टमा भने पानारोमिक सनरुफ दिइएको छ ।

अन्तर्राष्ट्रिय बजारमा प्रोटोन एक्स ७० मा १.८ लिटर टिजीडीआई टर्बो चार्ज्ड डाइरेक्ट इन्जेक्सन पेट्रोल इन्जिन रहेको छ । यसमा रहेको १७९९ सीसी क्षमताको ४ सिलिण्डर इनलाइन १६ भल्भ डिओएचसी इन्जिनले अधिकतम १८४ पीएस पावर र ३०० एनएम टर्क प्रदान गर्छ । यसमा ७ स्पीड ड्यूल क्लच गियरबक्स दिइएको छ । यस्तै नेपाल आएको प्रोटोन एक्स ७० मा १.५ लिटर टर्वो इन्जिन रहेको छ ।

सुरक्षाको लागि सबै भेरियन्टमा ६ एयरव्याग, एबीएस, इबीडी, ब्रेक एसिस्ट, अटो ब्रेक होल्ड, ट्रायाक्सन कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, अटोनोमस इमेर्जेन्सी ब्रेक, फरवार्ड कुलिङ वार्निङ, क्रुज कन्ट्रोल, व्लाइन्ड स्पर्ट इन्फर्मेशन सिस्टम, डोर वार्निङ, इन्टेलिजेनट हाई बीम कन्ट्रोल, टायर प्रेसर मोनिटर, फ्रन्ट पार्किङ सेन्सर, रियर पार्किङ सेन्सर जस्ता फिचर रहेका छन् ।


Back_to_top