काठमाडौं । नेपालका लागि होन्डा गाडीको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले होन्डा सिटीको ५ औं जेनेरेशन मोडल नेपालमा विक्री सुरु गरेको छ । होन्डा सिटी पहिलो पटक लञ्च भएदेखि नै नेपाली सडकमा फरक पहिचान बनाउँदै आएको कार हो ।
आकर्षक डिजाइनमा आएको नयाँ जेनेरेशन होन्डा सिटीको लम्बाई र चौडाई अघिल्लो जेनेरेशनभन्दा बढी रहेको छ । होन्डा सोलिड विइङ्ग फेस डिजाइनमा आधारित नयाँ सिटीमा वन टच इलेक्ट्रीक सनरुफ, शार्क फिन एन्टेना, फुल एलइडी हेडल्याम्पका साथै ९ एरे इनलाइन शेल इनटिग्रेटेड एलइडी डिआरएल, एल आकारको एलइडी टर्न इन्डिकेटर र जेड आकारको थ्रि डि ¥याप एराउण्ड यूनिफर्म एलइडी साइड मार्क लाइट जस्ता विशेषता समावेश गरिएको छ ।
साथै, होन्डा सिटीले पहिलो पटक यस सेग्मेन्टमा एलेक्सा भ्वाईस सर्भिस मार्फत कार उपभोक्ताहरुलाई सामाजिक र डिजिटल संसारसँग जोड्ने छ । उत्कृष्ट माइलेज रहेको होन्डा सिटीमा ७ स्पीड अटोमेटिक गियरबक्स र ६ स्पीड म्यानुअल गियरबक्स उपलब्ध रहेको छ ।
यसका साथै यस सेग्मेन्टमा लेन वाच क्यामेरा भएको होन्डा सिटी पहिलो सेडान हो । जसले गर्दा तपाईंले सहज पार्किङ्ग गर्न सक्नुहुनेछ । यसमा ६ एयर ब्याग रहेको छ ।
आज कम्पनीले दुई भेरियन्ट मात्र लञ्च गरेको छ । जसको मूल्य भि एक्स सिभीटीको ६५ लाख ९० हजार र जेडएक्स सिभिटीको ६९ लाख ९० हजार तोकिएको छ ।


